काठमाडाैं– वायुमण्डलको प्रभावले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। काठमाडौंको आजको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्रीमा झरेको छ।
_x000D_
_x000D_
तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। उनका अनुसार चिसो क्रमिक रुपमा बढ्ने क्रममा रहेको छ।
_x000D_
_x000D_
तापक्रम घटेपछि उपत्यकामा बिहान र बेलुकी बढी चिसोको महसुस गरिएको छ। दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको उनले बताए।
_x000D_
_x000D_
लामो समयसम्म पानी नपरेकाले धूलोका कारण वायुमण्डल प्रदूषित भएको मौसमविद् अर्यालले बताए।
_x000D_
_x000D_
अझै केही दिन पानी नपर्ने बताइएको छ। उपत्यकाको अझै तापक्रम घटेर शून्य डिग्रीमा पुग्ने अनुमान गरिएको छ।
_x000D_
_x000D_
खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिकलाई सजग गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।