काठमाडौं– प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विगतको तुलनामा न्याय क्षेत्रमा धेरै सन्तोष गर्ने अवस्था भएको दावी गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रमा बोल्दै प्रधानन्यायाधीश मिश्रले यस्तो दावी गरेका हुन्।
_x000D_
_x000D_
‘न्यायपालिकाको सन्दर्भमा अहिले जनअपेक्षा अधिक छ’ उनले भने, ‘यो क्रम आगामी दिनमा थप विस्तार हुँदै जानेछ।’ भूमिकामा वृद्धि हुनु र नागरिक अधिकारको रक्षा गर्नेदेखि समयसापेक्ष रुपमा विकसित विभिन्न क्षेत्रका अवधारणामा केन्द्रित रही न्याय निरुपण गर्नुपर्ने अवस्था रहेको उनले बताए।
_x000D_
_x000D_
न्यायपालिकाप्रतिको अपेक्षा र भूमिका न्यायपूर्ण समाज स्थापनार्थ सुखद भविष्यको थालनी भएको उनले बताए। देशको भविष्यको निर्धारण गर्ने कानुन र न्यायको क्षेत्रमा विकसित कानुनका विषयवस्तु सबैको हितमा समान रुपमा लागू हुनुपर्ने उनले बताए।
_x000D_
_x000D_
कानूनी क्षेत्रका सबै अवयवहरुलाई आफ्नो कार्यसम्पादनको रफ्तार र अवतार दुवैलाई अझ उर्जाशील र सकारात्मक बनाउनु पर्ने उनले बताए। पैरवी बुक हाउसद्वारा प्रकाशन थालनी गरिएको पैरवी ल जर्नलको पहिलो अंक विमोचन गर्दै राजधानीमा न्यायलय जनआस्था कायम गर्ने कुरामा चनाखो रहेको दावी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।