राजविराज– सब डिभिजन वन कार्यालय नेपालटार, उदयपुरका सहायक वन अधिकृत सत्यनारायण साह रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
रौनियारले एक सामुदायिक वन उपभोक्ता समितिसँग ६० हजार घुस लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए। लगत संकलन तथा कटान गरी घाटगद्दी गरिसकेको काठको टुनटुक्राको हिसाब मिलाई दिने र घाटगद्दी व्यवस्थित गर्ने बहानामा उनले घुस लिएको आयोगले जनाएको छ ।
_x000D_
_x000D_
समिति भित्रबाट प्राप्त सूचना र उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीवासस्थित कार्यालयबाट खटिएको टोलीले सब डिभिजन वन कार्यालयको त्रियुगा नगरपालिका वडा नं. १२ स्थित सम्पर्क कार्यालयबाट रौनियारलाई नियन्त्रणमा लिएको दंगालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।