काठमाडाैं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको निधन भएकोमा मर्माहत भएको बताएका छन्।
_x000D_
_x000D_
आइतबार एक शोक बक्तब्य जारी गर्दै अध्यक्ष प्रचण्डले तुलाधारलाई पञ्चायत विरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा उनको योगदान सदा स्मरणीय रहने बताएका छन्।
_x000D_
_x000D_
पहिचान र संघीयताका पक्षधर वाम बुद्धिजीवि दिवंगत तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले शोक सन्तप्त परिवारजन र आफन्तजनमा समवेदना व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।