काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्लाहीको रामनगरमा नेकपाका कार्यकर्ताको गोलीबाट घाइतेहरूलाई वीर अस्पतालमा पुगेर भेटेका छन्।
_x000D_
_x000D_
सोमबार भएको दुई पार्टी पक्षको झडपमा रामनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामनरेश महत्तो घाइते भएका थिए। उपचाररत महतोलाई नेता पौडेलले वीर अस्पतालको ट्रमा सेन्टरमा भेटेका हुन्।
_x000D_
_x000D_
गत मंगलबार रामनगर गाउँपालिका वडा नम्बर ४, बहुअर्वा टोलमा नेकपाका कार्यकर्ताको गोली प्रहारबाट कांग्रेस कार्यकर्ता ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको थियो।
_x000D_
_x000D_
घाइतेहरूलाई भेटेपछि वरिष्ठ नेता पौडेलले सर्लाही गोलीकाण्डको निष्पक्ष छानबिन हुनुपर्ने, घाइतेको नि:शुूल्क उपचार गरिनुपर्ने तथा दोषीलाई तत्काल प्रक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
_x000D_
_x000D_
अपराधीलाई आफ्नो पार्टीको कार्यकर्ता भएको नाममा जोगाउने प्रयासमा सरकार लागेमा कांग्रेस आन्दोलनमा उत्रने चेतावनी दिए।
_x000D_
_x000D_
उनले मृतकलाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन समेत सरकारसँग माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।