भक्तपुर– मध्यपुर थिमि नगरपालिका–४ राधेराधेस्थित हनुमन्ते खोलामा एक पुरुषको शव भेटिएको छ। पहिचान हुुन नसकेको मंगाेलियन अनुहारको अन्दाजी ३२ वर्षीय पुरुषको शव खोलामा भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरले जनाएको छ।
_x000D_
_x000D_
केही दिनअगाडि नै ती व्यक्तिको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। रासस
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।