अछाम– रामारोशन गाउँपालिका–४ बाटुलासैनका महिलाले तिहारका बेला जाँड रक्सी र जुवातास प्रतिबन्ध गराएका छन्। मदिरा र जुवातासका कारण गाउँ गाउँमा हुने विकृति रोक्न उनीहरूले रक्सी र जुवातासमा प्रतिबन्ध लगाएका हुन्।
_x000D_
_x000D_
महिला सञ्जालको नेतृत्वमा वडाका जनप्रतिनिधिसहितको भेला गराइ तिहारको समयमा वडामा कसैले पनि मदिरा सेवन तथा बिक्री वितरण गर्न नपाइने र जुवातास खेल्न खेलाउन नपाइने निर्णय उनीहरूले गराएका छन्।
_x000D_
_x000D_
यसअघि पनि वडामा मदिरा र जुवातास नियन्त्रण अभियानमा सक्रिय महिला सञ्जालले दसैंको समयमा पनि मदिरा प्रतिबन्ध गराएको थियो।
_x000D_
_x000D_
सञ्जालको निर्णय विपरीत कार्य गर्नेलाई कारबाही गरिएको महिला सञ्जालका अध्यक्ष हङ्शकला न्यौपानेले बताइन्।
_x000D_
_x000D_
उनले भनिन्, 'मदिराका कारण महिला हिंसाका घट्ना बढ्न थालेकाले यो अभियान चलाएका हौं।'
_x000D_
_x000D_
जाँड रक्सी र जुवातास विरुद्धको अभियान प्रभावकारी बन्दै गएको उक्त वडाका वडासदस्य नन्दराज उपाध्यायले बताए। सञ्जालले छाउपडी कुप्रथा, जातीय विभेद्, घरेलु तथा महिला हिंसाका विरुद्धसमेत अभियान गरिरहेको उनले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।