विराटनगर- प्रदेश १ को मोरङ, धनकुटा, झापा र सुनसरीका छुट्टा-छुट्टै स्थानमा शनिबार राती भएको आगलागीमा १८ लाख २० हजार मूल्य बराबरको क्षति भएको छ। मोरङको सुन्दर-हरैँचा नगरपालिका ७ स्थित गोठगाउँका गोबिन्द दुलालको घरमा शनिवार राती आगलागी हुदा अन्दाजी ९ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।
_x000D_
_x000D_
विद्युत चुहावट भई सुरु भएको आगलागीमा दुलालको घर, कुखुरा पाल्ने घरसहित १ सय ५० वटा कुखुरा जलेर नष्ट भएको छ। प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी चौकी बिराटचौकले जनाएको छ।
_x000D_
_x000D_
यसैगरी धनकुटाको चौबिसे गाउँपालिका ३ का खम्बा सिंह तामाङको घरमा आगलागी हुँदा करीब ४ लाख २० हजारको क्षति भएको छ। राती ११ बजे अचानक सुरु भएको आगलागीमा तामाङको घर, लत्ताकपडा, अन्नपात लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
_x000D_
_x000D_
उता झापाको मेचीनगर नगरपालिका १३ स्थित चारआली चौकका टेक बहादुर खड्काको घरमा आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको छ। साँझ ७ बजे ग्याँस लिक भई आगलागि सुरु भएको थियो। आगलागीमा खड्काको घर तथा घरमा भएको लत्ताकपडा, खाद्यान्न, फर्निचरको सरसामान जलेर नष्ट भएको छ।
_x000D_
_x000D_
तीन वटा दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिईएको प्रहरी चौकी चारआलीले जनाएको छ।
_x000D_
_x000D_
सुनसरीको ईटहरी उपमहानगरपालिका १० का शुक्रराज लिम्बुको घरमा आगलागी हुँदा करीब २ लाख मूल्य बराबरको क्षति भएको छ। राती ८ बजे चुलोवाट सुरु भएको आगलागीमा उनको घर र घरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।