काठमाडौं– प्रभु बैंकले पहिलो त्रैमासमा खुद मुनाफा ५९ करोड ८४ लाख ३८ हजार रुपैयाँ कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा ७१ दशमलव ५७ प्रतिशतले बढी हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकले ३४ करोड ८७ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो।
_x000D_
_x000D_
साथै बैंकको लाभांशको रुपमा वितरण गर्न योग्य रकम (रेगुलेटरी एड्जस्टमेन्ट) रकम अघिल्लो वर्षको तुलनामा १ सय ५६ दशमलव ४९ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा २५ करोड ७ लाख रुपैयाँ रहेको लाभांश वितरण गर्न योग्य रकम यस वर्ष ६४ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
_x000D_
_x000D_
बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दुवैलाई बढाएको छ। बैंकको निक्षेप संकलन २४ दशमलव ३४ प्रतिशतले बढेर १ खर्ब ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ। त्यस्तै कर्जा प्रवाह २८ दशमलव ७ प्रतिशतले बढेर ८६ अर्ब १ करोड रुपैयाँ पुगेको छ।
_x000D_
_x000D_
बैंकको खुद ब्याज आम्दानी पहिलो त्रैमासमा ४७ दशमलव ९१ प्रतिशतले बढेर १ अर्ब ८४ १३ करोड ३६ लाख रुपैयाँ बढेको छ। यस अवधिमा बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड रुपैयाँ रहेको छ।
_x000D_
बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७ पैसा पुगेको छ। बैंकको निष्क्रिय कर्जा १ दशमलव ७२ अंकले घटेर २ दशमलव ५१ मा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।