बनेपा- शनिबार राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्। जिल्लाको चौंरीदेउराली गाउँपालिका–८ स्थित मानपुरे डाँडामा ना १ क ९५२४ नं.को खाली ट्रक सडकबाट अनियन्त्रित भइ सय मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
_x000D_
_x000D_
भुम्लु गाउँपालिका ६ का १९ वर्षीय सुमन पहरी र सोही वडाका २८ वर्षीय सरोज पहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले बताए।
_x000D_
_x000D_
उपचारका क्रममा धुलिखेल अस्पतालमा उनीहरुको मृत्यु भएको एसपी खड्काले बताए। घाइतेमा सोही वडाका निरबहादुर पहरी, श्रीकृष्ण पहरी र ३१ वर्षीय सरोज पहरी रहेका छन्। उनीहरुकोे धुलिखेल अस्पतालमा उपचार भइरहको छ। ट्रकमा सात जना सवार रहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।