झापा- झापाको कमल गाउँपालिका-३ स्थित पूर्व-पश्चिम रामजार्गमा मारुती भ्यान र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
_x000D_
_x000D_
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे २ च ११८१ नम्बरको भ्यान र विपरीत दिशाबाट आउँदै गरेको मे ६ प ८९७४ नम्बरको मोटरसाईकल दिउँसो साढे १ बजे ठक्कर खाई दुर्घटना भएको थियो।
_x000D_
_x000D_
दुर्घटनामा परी मोटरसाईकलको पछाडी सवार पाँचथर कुम्मायक गाउँपालिका-२ बस्ने बर्ष २८ का श्रवणकुमार शर्मा गम्भीर घाइते भई उपचारको लागि लाईफलाईन अस्पताल दमक पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा १:४० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
_x000D_
_x000D_
त्यसैगरी मोटरसाईकल चालक दमक नगरपलिका-६ बस्ने बर्ष ४० को तारा शर्मा घाइते भएका छन्। उनको बिर्तामोडस्थित बि.एण्ड.सी अस्पतालमा उपचार भइरहेको छ।
_x000D_
_x000D_
मृतकको शव पोष्टमार्टमका लागि लाईफलाईन अस्पताल दमकमा राखिएको छ भने भ्यान र सो भ्यानका चालकलाई प्रहरी चौकी केर्खाको नियन्त्रणमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।