• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वैदेशिक रोजगार बोर्ड स्थापनाको दशक : ६ हजार ८ सय कामदारको मृत्यु, परिवारलाई डेढ अर्ब भुक्तानी

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १७, २०७५  १३:११
1140x725

काठमाडौं- वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएको विप्रेषण (रेमिट्यान्स) का माध्यमबाट देशलाई समृद्ध बनाउने लक्ष्यका साथ स्थापना भएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड दशौं वर्षमा प्रवेश गरेको छ। 

_x000D_ _x000D_

रोजगारीका लागि खुला गरिएको १ सय १० गन्तव्य मुलुकमा श्रम गरिरहेका बेला ज्यान जानेलगायत भवितव्य परी ज्यान गुमाएका छ हजार ७९० मृतकका परिवारलाई बीमा र कल्याणकारी कोषको रकम गरी रु डेढ अर्ब आर्थिक सहायता उपलब्ध गराएको छ। 

_x000D_ _x000D_

रोजगारदाता कम्पनी र वैदेशिक रोजगार व्यवसायीका बेइमानीका कारण विदेशमा श्रम बेच्न गएका नेपालीले धेरै हण्डर र ठक्कर खाएको सन्दर्भमा कानूनी रुपमा नै वैदेशिक रोजगारीमा जाने प्रणाली प्रवद्र्धन गर्न स्थापना भएको बोर्ड अनेकौ आरोहअवरोह पार गर्दै विदेशिएका श्रमिकको हकहित प्रवद्र्धनमा अहिलेको अवस्थामा पुगेको छ। 

_x000D_ _x000D_

रोजगारीको खोजीमा भौतारिँदै देश छाड्न बाध्य युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको अवस्थामा प्रवद्र्धनात्मक, समन्वयात्मक/सहयोगात्मक र सुरक्षात्मक उपायको अवलम्बन गरी वैदेशिक रोजगारमा जाने कामदारको हित प्रवद्र्धन र यस क्षेत्रमा संलग्न सबै व्यवसायीलाई जिम्मेवार बनाउन जरुरी रहेको छ। 

_x000D_ _x000D_

६ हजार ८ सय नेपाली कामदारको विदेशमा मृत्यु

_x000D_ _x000D_

बोर्डले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारमा गएका कामदार र तीनका परिवारको हकहित संरक्षण, सीप अभिवृद्धि, पुनः एकीकरण जस्ता कल्याणकारी कार्य गर्दै आएको छ। रोजगारीका क्रममा विभिन्न मुलुकमा मृत्यु भएका छ हजार ७९० र बिरामी तथा अङ्गभङ्ग भएका एक हजार २०२ व्यक्तिको परिवारलाई गत भदौसम्म रु एक अर्ब ५६ करोड ७७ लाख ९४ हजार आर्थिक सहायता उलब्ध गराइएको बोर्डले जनाएको छ। 

_x000D_ _x000D_

आव २०६७/६८ देखि २०७४/७५ सम्म विभिन्न देशमा पाँच हजार ८ सय ३२ कामदारको मृत्यु तथा ७ सय ८७ कामदार अङ्गभङ्ग तथा गम्भीर बिरामी परेको तथ्याङ्क छ। सो अवधिमा मलेसियामा दुई हजार १२५ पुरुष र २७ महिला गरी दुई हजार १५२ नेपाली कामदारको मृत्यु भएको बोर्डले जनाएको छ। 

_x000D_ _x000D_

यसैगरी साउदी अरेबियामा एक हजार ६ सय ३४ पुरुष र तीन महिला, कतारमा एक हजार १ सय ९१ पुरुष र आठ महिला, युएईमा ४ सय ५६ पुरुष र २९ महिला, कुवेतमा १ सय ४९ पुरुष र ३७ महिला, बहराइनमा ७५ पुरुष र दुई महिला, दक्षिण कोरियामा ७४ पुरुष, लेबनानमा चार पुरुष र १६ महिला तथा श्रीलङ्कामा दुई पुरुषको रोजगारीका क्रममा मृत्यु भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

बोर्डले वैदेशिक रोजगारीका क्रममा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएका एक हजार २ सय २ जनालाई सहायता प्रदान गरेको छ। कामदारको मृत्यु तथा अङ्गभङ्ग हुँदा प्रदान गरिने आर्थिक सहायता र उपचार खर्च रु एक लाख ५० हजारबाट वृद्धि गरी रु सात लाख पुर्‍याइएको कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।

_x000D_ _x000D_

विभिन्न गन्तव्य मुलुकमा अलपत्र परेका १ सय ५ जनाको उद्धार गरिएको, २ सय ६ वटा शव झिकाएको, एक हजार तीन शव ढुवानी गरिएको बोर्डले जनाएको छ। पीडित कामदार र तीनका आफन्तलाई प्रदान गरिने सहायता निवेदन दिएको दिनमा उपलब्ध गराउने, कामदारको उद्धार तथा सहयोगका लागि बोर्ड सचिवालयमा अलगै कक्षको व्यवस्था गरी शीघ्र उद्धारको व्यवस्था गरिएको बोर्डले जनाएको छ। 

_x000D_ _x000D_

कामदारका परिवारका सदस्यलाई गम्भीर प्रकृतिको रोग लाग्दा बोर्डबाट रु ५० हजार औषधोपचार खर्च उपलब्ध गराइने उनले बताए। कामदारको वैदेशिक रोजगागर जीवन बीमा वृद्धि गरी रु १५ लाख पुर्‍याइएको, वैदेशिक रोजगारीमा हुँदा नेपाली कामदारलाई लाग्न सक्ने १५ प्रकारका रोगको उपचारका लागि रु पाँच लाखको स्वास्थ्य उपचार बीमाको व्यवस्था मिलाएको छ। 

_x000D_ _x000D_

कार्यकारी निर्देशक श्रेष्ठले भने, 'बोर्ड स्थापनादेखि बीमामा लाग्दै आएको बीमा मृत्यु कर हटाइएको छ, विदेशमा विविध अभियोग लागि जेलमा रहेका नेपालीलाई निःशुल्क कानूनी प्रतिरक्षाका लागि सहयोग प्रदान गर्न निर्देशिका जारी गरिएको छ।'

Xtrem

Xtrem
_x000D_ _x000D_

बोर्डले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, अङ्गभङ्ग भएका कामदारको परिवारलाई सहयताका लागि विभिन्न काल्याणकारी कार्य गर्दै आएको छ। बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले शैक्षिक वर्ष २०७३ देखि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, गम्भीर बिरामी परेका तथा अङ्गभङ्ग भएका कामदारका सन्ततिलाई विद्यालय तहसम्मको शिक्षामा सहयोग पुर्‍याउन छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। हालसम्म एक हजार २५५ छात्रछात्राले छात्रवृत्ति सहयोग प्राप्त गरेका छन्। 

_x000D_ _x000D_

बोर्डले मृतक कामदारका कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकालाई वार्षिक रुपमा रु आठ हजार र कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने बालबालिकालाई रु १२ हजार छात्रवृत्ति प्रदान गर्दै आएको छ। वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, गम्भीर बिरामी तथा अङ्गभङ्ग भएका कामदारका परिवारका सदस्यलाई तीनवर्षे र एकवर्षे पूर्ण निःशुल्क प्राविधिक शिक्षा प्रदान गरिने उनले बताए। बोर्डले वैदेशिक रोजगारमा जाने कामदारका लाग दिइने अभिमुखीकरण तालिमका लागि पाठ्यक्रम परिमार्जनका लागि समिति गठन गरेको छ। 

_x000D_ _x000D_

कल्याणकारी कोषमा साढे चार अर्ब सञ्चित 

_x000D_ _x000D_

कामदारलाई विपद् पर्दा तथा रोजगारीका लागि अभिमुखीकरण दिनका लागि भनेर बोर्डले वैदेशिक रोजगार कल्याणकारी कोषको सञ्चालन गर्दै आएको छ। आव २०७४/७५ सम्म उक्त कोषमा रु चार अर्ब ५० करोड सञ्चित भएको छ। 

_x000D_ _x000D_

चालु आवको अन्त्यसम्म कोषमा रु पाँच अर्ब ७८ करोड ५० लाख रकम सङ्कलन हुने बोर्डको अनुमान छ। बोर्डले आव २०७५/७६ मा रु एक अर्ब २८ करोड ५० लाख आम्दानी र रु एक अर्ब २३ करोड ७५ लाख ५० हजार खर्च हुने प्रक्षेपण गरेको छ। 

_x000D_ _x000D_

बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु भएमा परिवारलाई आर्थिक सहयोग, विदेशमा अलपत्र परेको अवस्थामा उद्धार, मृतक कामदारको शव स्वदेश ल्याउन, वैदेशिक रोजगारीमा जाने कामदारलाई सीपमूलक तालीम प्रदान गर्न कल्याणकारी कोषमा सञ्चित रकमबाट सहयोग गर्दै आएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०७५  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्