काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सरकार अब तीन नम्बर गियरमा चल्ने दाबी गरेका छन्।
_x000D_
_x000D_
प्रदेश ५ ले वुटवलमा गरेको चियापान कार्यक्रममा बोल्दै प्रचण्डले वर्षाका कारण सरकार १ नम्बर गियरमा चल्नुपर्ने बाध्यता रहेको बताएका थिए। हिलोका कारण सरकारको काम ढिलो भएको बताउँदै उनले भने ‘३ नम्बर गियर चलाउन हिलोले नमिल्ने थियो।’
_x000D_
_x000D_
सर्वसाधारणलाई थप आश्वत पार्दै उनले भने, ‘मौसम फेरिएको छ, गाडी अब २/३ नम्बर गियरमा चल्छ। गाडी फूल वेगमा गुड्नेवाला छ, कसैले रोक्न सक्नेवाला छैन।’
_x000D_
_x000D_
नेपाली कांग्रेसप्रति आक्रोशित प्रचण्डले तत्कालीन गृहराज्यमन्त्री देबेन्द्रराज कँडेलकोे बोलीलाई स्मरण गर्दै भने, ‘टाउको काटेर ल्याउनलेलाई ५० लाख दिने भन्नेहरु यिनै मान्छे होइनन् र?’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चौध वर्षको कारावास र आफ्नो १४ वर्ष वनवासले वर्तमान उपलब्धि प्राप्त गरेको दाबी गरे। ठूलो संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र आएको बताउँदै उनले भने, ‘जाली फटाहाहरुले माया गरेर दिएको हो र? प्राप्त उपलब्धिहरु कुनै साम्राज्यवादी र प्रतिक्रियावादीले माया गरेर दिएको होइन।’
_x000D_
_x000D_
सरकारले राम्रो काम गरेन भन्दै झिंगेदाउ खेल्ने काम प्रतिपक्षीले गरिरहेको आरोप उनले लगाए।
_x000D_
_x000D_
दुई घन्टामा प्रदेश नेतृत्व
_x000D_
_x000D_
केही दिनभित्रै पार्टी एकीकरण सहज ढंगले सम्पन्न हुने बताएका उनले पार्टी एकतामा विवाद भएर ढिलो नभएको जनाउँदै प्राविधिक र पछि अप्ठ्यारो नपरोस् भनी ढिलो भएको बतााए। सचिवालयका अन्य सदस्यले दबाब दिएका कारण प्रदेश नेतृत्व चयन वरिष्ठ नेता माधव नेपाल नभएको समयमा गरिएको उनले बताए। उनले भने ‘हामी दुबै जना अध्यक्ष अझै केही समयपछि प्रदेश नेतृत्व चयन गर्ने विचारमा थियौं। सचिवालयका अरु साथीहरुले यति पनि गर्न नसक्ने भनेपछि दुइ घन्टामा टुंगायौं।’
_x000D_
_x000D_
सरकारका उपलब्धिहरु पनि सुनाएका प्रचण्डले असोजमा पारित भएको मौलिक अधिकारका ऐनहरुप्रति सन्तोष व्यक्त गरे। नयाँ सरकार बनेपछि नेपालको परिभाषा बदलिएको दाबी गर्दै उनले ‘ल्यान्डलक्डबाट ल्यान्डलिङक कन्ट्री' बनेको दाबी गरे।
_x000D_
_x000D_
जनकपुरदेखि सिमरासम्म केही समयमा नै रेल गुड्ने दाबी गरेका प्रचण्डले ऐतिहासिक अवसर गुम्न नदिने प्रतिबद्धता जनाउँदै सक्रिय राजनीतिको अन्तिम दशक जनताका लागि खर्चने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।