डडेल्धुरा– डडेल्धुरामा ट्याक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु भएको छ। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–२, रुपालका वडा सदस्य ४२ वर्षीय भोजराज पनेरु रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
_x000D_
_x000D_
से१त १००५ नम्बरको ट्याक्टर शुक्रबार राति रुपालीगाड खोलामा दुर्घटना हुँदा वडा सदस्य पनेरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्त तथा प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए।
_x000D_
_x000D_
दुर्घटनाको कारण खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।