विराटनगर– तीन वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा विराटनगरका एक किराना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
विराटनगर १४ का किराना व्यापारी ५२ वर्षीय भवानीप्रसाद सिंखडालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। ओखलढुंगा घर भई विराटनगर महानगरपालिका ३ मा डेरा गरी बस्दै आएको एक परिवारकी ३ वर्षीया बालिकालाई सिंखडाले दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
परिवारको उजुरीका आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।