साँखु– काठमाडौं जिल्ला शङ्खरापुर नगरपालिका–६ बाट महानगरीय प्रहरी प्रभाग साँखुले १ लाख ८२ हजार ८ सय ७५ सहित १४ जनालाई नियन्त्रणमा लिएको छ।
_x000D_
_x000D_
शुक्रबार साँझ स्थानीय राजकुमार तामाङको होटलमा तास खेलिरहेका बेला ताससहित पक्राउ गरिएको प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए।
_x000D_
_x000D_
धनकुटा घर भई काठमाडौं थली बस्ने ४१ वर्षीय मानबहादुर माझी, नुवाकोट घर भई साँखु बस्ने ३२ वर्षीय बाबुराम तामाङ, काभ्रे घर भई साँखु बस्ने ३५ वर्षीय सुरेश लामालगायत १४ लाई नियन्त्रणमा लिएको प्रहरी जनाएको छ।
_x000D_
_x000D_
नियन्त्रणमा रहेका उनीहरूलाई महानगरीय प्रहरी बृत बौद्ध लगिएको र कारबाहीका लागि अनुसन्धान भइरहेको बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।