बैतडी– बुधबारदेखि बेपत्ता सासु र बुहारी मृत भेटिएका छन्। दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउगाँउकी ५२ वर्षीया पार्वती भट्ट र उनकी बुहारी ३० वर्षीया निर्मला भट्ट मृत फेला परेको खोचलेक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए।
_x000D_
_x000D_
बुधबार घाँस काट्न भनेर घरबाट निस्किएकी निर्मला साँझसम्म पनि घर नर्फकिँदा सासु पार्वती खोजतलास गर्न जाँदा उनी पनि बेपत्ता भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
सासु शुक्रबार स्थानीय झल्कोट जंगलमा झुन्डिएको अवस्थामा फेला परेको र बुहारी निर्मला बिहीबार स्थानीय ओडीगाँउ जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। घटना रहस्यमय रहेकाले थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।