कायरो– इजिप्टका सुरक्षाकर्मीले गरेको सुरक्षा कारबाहीमा परि १८ लडाकू मारिएका छन्।
_x000D_
_x000D_
देशको उत्तरी र मध्य सिनाइमा भएको आतङ्कवाद विरुद्धको कारबाही अभियानका क्रममा केही दिन अघि उनीहरु मारिएको अधिकारीले जनाएका छन्।
_x000D_
_x000D_
इजिप्टका सैन्य प्रवक्ताले बिहीबार भने, 'एरिसको उत्तरी सिनाइमा भएको सुरक्षा कारबाहीमा दश जना लडाकू मारिएका छन्।'
_x000D_
_x000D_
घटनास्थलबाट अरु १ सय २९ जनालाई गिरफ्तार गरिएको र विस्फोटक पदार्थ पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
_x000D_
_x000D_
त्यसैगरी उत्तर र मध्य सिनाइमा अन्य आठ जना पनि सुरक्षा कारबाहीका क्रममा मारिएको अधिकारीले जनाएका छन्। अन्य बन्दोबस्तीका सामग्री पनि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।
_x000D_
_x000D_
इजिप्टमा आतङ्कवादी विरुद्धको कारबाही अभियान गत फेब्रुअरीदेखि सुरु भएको छ। ‘सिनाइ २०१८’ नामक सो अभियानका क्रममा अहिलेसम्म करिब ४२० लडाकू र ३० जना सुरक्षाकर्मी मारिएका छन्। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।