काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पत्रकार सुरक्षाका लागि आयोगले छुट्टै पत्रकार सुरक्षा निर्देशिका तयार गरिरहेको जानकारी दिएका छन्।
_x000D_
_x000D_
पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा फ्रिडम फोरमद्वारा आज राजधानीमा आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक कार्यक्रममा उनले आयोगले तयार गर्न लागिएको सो निर्देशिकाको मस्यौदामाथि विभिन्न मानवअधिकार सङ्घसंस्थासँग सुझाव लिइरहेको बताएका छन्।
_x000D_
_x000D_
अध्यक्ष शर्माले पछिल्लो समय मुलुकमा मानवअधिकारको अवस्था बिग्रँदै गएको प्रति चिन्ता व्यक्त गर्दै मुलुकको विभिन्न कालखण्डमा अपराधीले आममाफी पाउँदै जाँदा मानवअधिकारको अवस्था कमजोर हुँदै गएको धारणा व्यक्त गरे।
_x000D_
_x000D_
सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चला झाले कानुन संशोधनको अभावमा आयोगलाई काम गर्न गाह्रो परिरहेको बताए। मानव अधिकारकर्मी सुबोधराज प्याकुरेलले विकास भनेकै सामाजिक न्याय र दिगोपन भएको बताए।
_x000D_
_x000D_
नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले राजनीतिक नेतृत्वले कारबाही गर्ने इच्छाशक्ति नदेखाउँदा पत्रकारविरुद्ध दण्डहीनता बढ्दै गएको बताए।
_x000D_
_x000D_
वरिष्ठ पत्रकार हरिहर विरही, फ्रिडम फोरमका प्रमुख तारानाथ दाहाल, अध्यक्ष हरिविनोद अधिकारी, प्राध्यापक चिरञ्जीवी खनाललगायतले नेपालको पत्रकारिता मानवअधिकार प्रवद्र्धन गर्नेतिर उन्मुख हुनुपर्नेमा जोड दिएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।