• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गौचन हत्या प्रकरण : अपराध लुकाउन साढे ४ महिना हलो जोताई

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १६, २०७५  १४:२५
1140x725

काठमाडौं– गत वर्ष असोज २३ गते शान्तिनगरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी दिउँसै हत्या भयो। हत्यापछि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तत्कालीन डिआइजी गणेश केसीको नेतृत्वमा बनेको अनुसन्धान समितिले हत्यामा संलग्नमा पाँच जनालाई पक्राउ गर्‍यो।

_x000D_ _x000D_

केही समयपछि सिआइबीको टोलीले समीरमान सिंह बस्नेतलाई पक्राउ गर्‍यो। गौचन हत्यामै संलग्न मनोज पुन प्रहरी कारबाहीमा मारिए। कात्तिक १२ गते मात्रै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उदयपुरका अम्बर बहादुर राना, झापाका लोप्साङ लामा र काठमाडौं नागार्जुनका रोशन बुढाथोकीलाई पक्राउ गरेको छ। हत्यामा संलग्न अजय थापा र गंगा लिङ्देन भने अझै फरार छन्।

_x000D_ _x000D_

महाशाखाले पक्राउ गरेका तीनजनाबाट नयाँ तथ्य खुल्न थालेको छ। प्रहरीले काँकडभिट्टाबाट पक्राउ परेको बताए पनि उनीहरुलाई सिक्किमबाट पक्राउ गरेर ल्याएइको स्रोतले बताएको छ। 

_x000D_ _x000D_

गौचन हत्यापछि पक्राउ पर्ने बेलासम्मको नालीबेली
_x000D_ गौचनलाई गोली हानी केही समय पहिलेसम्म फरार रहेका परेका सुटर राना र श्याम गुम्बे नागढुंगा हुँदै चितवन पुगेका थिए। त्यहाँबाट उनीहरु ताप्लेजुङतिर लागे। श्याम गुम्बे र अमर राना मिल्ने साथी समेत हुन्। नेपाली सेनामा सँगै काम गरेका उनीहरू पछि जागिर छाडी समीरको समूहमा लागेर अपराधको दुनियामा प्रवेश गरेका थिए।

_x000D_ _x000D_

स्रोतका अनुसार ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको दर्शन गरेपछि उनीहरू उदयपुरतर्फ लागेका थिए। राना आफ्नो घर रौता गएको हुनसक्ने भन्दै प्रहरीले निगरानी समेत बढाएको थियो। तर राना भने घर नगई घरभन्दा ४ किलोमिटरमाथि जंगलको बाटो हुँदै फुपूदिदीको घरमा बसेका थिए।

_x000D_ _x000D_

उनले त्यँही बसेर तिहारको टिका समेत लगाएका थिए। त्यहाँपछि गायब भएको भन्दै डिआइजी केसी नेतृत्वको छानबिन समितिले पत्ता लगाएर फाइल बुझाएको थियो। 

_x000D_ _x000D_

महाशाखाले पक्राउ गरेपछि गौचन हत्याका सम्मबन्धमा थप नयाँ कुरा खुल्न थाले। उदयपुरबाट लाहन हुँदै उनीहरु काठमाडौं आएका थिए। काठमाडौं आएपछि रोशन, अम्बर, श्याम गुम्बे र अजय थापाको भेट भयो। त्यसपछि उनीहरु गौचन हत्याका मुख्य योजनाकार समीरमानका घरमा बसेको प्रहरी स्रोतले जानकारी दियो। 

_x000D_ _x000D_

नेपाल लाइभसँग कुराकानी गर्दै स्राेतले भन्यो, ‘यी चार जना समीरमानको पूरानो मुल घर बाफलमा एक महिनासम्म बसेका रहेछन्। घरको टप फ्लोरमा बस्ने गर्थे। तल नझर्ने। रिचार्ज कार्ड लगायतका अन्य सामान ल्याउनु परेमा अरुलाई नै लगाउने रहेछन्। हामीले त्यसबेला पनि रेकी त गरेका थियौं, तर पत्ता लगाउन सकिएन।’

Ncell 2
Ncell 2
_x000D_ _x000D_

एक महिना समीरमानको पुरानो घरमा बिताएका उनीहरु त्यसपछि दोलखा गएको अनुसन्धानबाट खुलेको छ। श्याम गुम्बे भने चितवनतिर लागे। उनी त्यतैबाट पक्राउ परे। अजय चितवन हुँदै भारत छिर्न भ्याएका थिए। उनी अझै फरार छन्। अम्बर र रोशनले भने दोलखामा साढे ४ महिना बिताएको स्रोतले जानकारी दियो।

_x000D_ _x000D_

बेला-बेलामा मोबाइल चलाउने गरेका उनीहरुको लोकेसन प्रहरीले पत्ता लगाइसकेको थियो। प्रहरीले उनीहरु दोलखामा बस्ने गरेको पत्ता लगाएर दोलखा नै पुगेपछि त्यहाँबाट भागेर भारत प्रवेश गरिसकेका थिए। 

_x000D_ _x000D_

दोलखा बसुन्जेल उनीहरुले कतिपय स्थानमा बाटो खन्न आएको स्काभेटर चालक भएको परिचय दिने गरेका थिए भने कतिपय स्थानमा भने कही ओभरसियर, इन्जिनियरको परिचय दिने गरेका थिए। गाउँ सर्दै बसेका उनीहरु आफू बस्ने घरको काम समेत गर्थे। स्रोतले भन्यो ‘४/५ दिन एउटाको घरमा बस्ने, ४/५ दिन अर्काको घरमा यिनीहरु बस्थे। दिनभर हलो जोतिदिने, घर बनाइदिने, घाँस काटिदिने, गाईवस्तु चराउनेसम्मका काम गरेका थिए।’

_x000D_ _x000D_

दुई पटकसम्म प्रहरीको टोली दोलखा पुगेको थियो। तर हात लाग्यो शून्य। साढे चार महिना दोलखा बसेपछि उनीहरु त्यहाँबाट भारत प्रवेश गरे। भारतमा पुगेपछि उनीहरुको भेट लोप्साङसँग भएको थियो। यसभन्दा अघि लोप्साङसँग उनीहरुको चिनजान थिएन। 

_x000D_ _x000D_

अम्बरले डेढ महिना मुम्बईमा खलाँसी काम गरे। मुम्बईबाटै व्यवसायी र कांग्रेस नेतालाई समेत फोन गरेर रकम माग गरेको सूचना अपराध महाशाखामा पुगेको थियो। फोन गरेर रकम माग गर्ने गरेको सूचना र  मोबाइलको लोकेसन हेर्दै प्रहरी उनीहरुको नजिक पुग्न सफल भयो। पछिल्लो समय लोप्साङ, अम्बर र रोशन सिक्किममा बस्दै आएका थिए। 

_x000D_ _x000D_

महाशाखाको टोलीले यी तीनै जनालाई सिक्किमा एउटा कोठामा ब्रोइलरको मासु पकाइरहेको अवस्थामा पक्राउ गरेको हो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  १४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहारमा विधानसभा निर्वाचन सुरु, शनिबारदेखि ७२ घण्टा नाका बन्द हुने
नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा दियो निवेदन
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बिहारमा विधानसभा निर्वाचन सुरु, शनिबारदेखि ७२ घण्टा नाका बन्द हुने बिहीबार, कात्तिक २०, २०८२
नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा दियो निवेदन बिहीबार, कात्तिक २०, २०८२
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव बिहीबार, कात्तिक २०, २०८२
विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दै बुधबार, कात्तिक १९, २०८२
आज माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच एकता घोषणा  हुँदै बुधबार, कात्तिक १९, २०८२
रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्