कास्की– जुवा खेल्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामले ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ। शुक्रबार पक्राउ परेका उनीहरुबाट प्रहरीले ५ लाख ९६ हजार ३ सय ६० रुपैयाँ बरामद गरेकाे वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिए।
_x000D_
_x000D_
भारत घर भइ हाल पोखरा १०, नयाँ बजार बसोवास गदै आएका शिवनाथ, अबाेध किसोर, ध्रूव कुमार, रम्भस प्रसाद, धबेन्द्र प्रसाद, सुनिल जैसवाल, लबकुश, राश्रु प्रसाद, अमेन्द्र कुमार, पप्पु नैशावल, राम प्रसाद जैसावललाई वडा प्रहरी कार्यलय बैदामबाट खटिएको टोलीको पक्राउ गरेको हो।
_x000D_
_x000D_
उनीहरुलाई जगत बहादुर श्रेष्ठको घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।