काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले देशमा शान्ति, स्थिरता र विकासले गति लिने आधार राष्ट्रिय एकताको आधार भएको बताएका छन्।
_x000D_
_x000D_
नेपाली कांग्रेसद्वारा आज पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्षले भने, 'राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हिजो जति थियो आज पनि त्यति नै छ।
_x000D_
_x000D_
यो देशमा जति पनि ठूला ठूला राजनीतिक परिवर्तन भएका छन् राष्ट्रिय एकताका आधारमा मात्र भएका छन्।'
_x000D_
_x000D_
राजनीतिक दल, बुद्धिजीवि र नागरिकका बीचमा एकता नभइ राजनीतिक स्थिरता र विकास जनताको भावना र आवश्यकता परिपूर्ति नहुने दाबी गरे। उनले भने, 'हामीले मिलेरै शान्ति प्रक्रियालाई एउटा टुंगोमा पुर्यायौँ भलै समापन गर्न काम अझै बाँकी छ। हामीले मिलेरै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौँ। हामीले मिलेर नै निर्वाचन गर्यौं। अब पनि हामी मिलेर नै फेरि संविधानको मर्म भावनाअनुसार जनताको चाहानाअनुसार विकास र समृद्धिको एउटा नयाँ यात्रातिर जानुछ।'
_x000D_
_x000D_
विश्वेश्वर प्रसाद कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिको सन्दर्भ स्मरण गर्दै अध्यक्ष प्रचण्डले सात दलको तर्फबाट गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी)का तर्फबाट आफूले हस्ताक्षर गर्दा पनि राष्ट्रिय एकताकै आधार मानिएको बताए।
_x000D_
_x000D_
उनले भने, 'राष्ट्रिय एकताको आधार मानिएकै कारण यो परिवर्तन सम्भव भयो यद्दपी परिवर्तन अझै राम्रो संस्थागत भइकेको छैन।'
_x000D_
_x000D_
जनताले छिटोभन्दा छिटो समृद्धि चाहेका बताउँदै अध्यक्ष प्रचण्डले यो पनि राष्ट्रिय एकताद्वारा मात्रै सम्भव हुने बताए। 'त्यसकारण यी पर्वका सन्दर्भमा र चियापान आदान प्रदानका सन्दर्भमा ठण्डा दिमागले सोचेर राष्ट्रिय एकताकै माहौल बनाउने र राष्ट्रिय संकल्पसहित समृद्धिको यात्रामा जान नेपाली कांग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक र सम्पूर्ण जनसमुदायमा अपिल गर्दै शुभकामना दिन चाहन्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।