काठमाडाैं– नेपाल–भारत (अन्तरदेशीय) यात्रुबाहक तथा मालबाहक बस सेवा सञ्चालनका लागि २२ वटा अपरेट सूचीकृत भएका छन्।
_x000D_
_x000D_
यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याका अनुसार नेपाल–भारत मोटर भेकल सम्झौताअनुसार क्रसबोर्डर बस सञ्चालनका लागि २२ वटा कम्पनी सूचीकृत भएका हुन्।
_x000D_
_x000D_
सूचीकृत भएका कम्पनीले अब नेपाल–भारतमोटर भेकल सम्झौताको आर्टिकल ३, सबआर्टिकल ९ मा उल्लेख भएअनुसार भारतीय समकक्षी (आधिकारिक निकाय)सँग सम्झौता गरिएको पत्रको प्रतिलिपी पेस भएपछि विभागले अन्तिम हस्ताक्षर गरेर बस सञ्चालको लागि सिफारिस दिने उपाध्याय बताउँछन्।
_x000D_
_x000D_
‘यो सबै काम दुतावासमार्फत हुन्छ’, उपाध्याले भने, ‘अब सूचिकृत भएका अपरेटरले आफूले सेवा दिने ठाउँ र सवारीको संख्या सहितको विवरण खुलाएर सम्झौत भएको पत्र पेस गर्नुपर्नेहुन्छ।’
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।