राजविराज– सेवाग्राहीसँग घुस लिएको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिकाका स्थित नापी कार्यालयका सर्भेक्षक पक्राउ परेका छन्।
_x000D_
_x000D_
सर्भेक्षक दिपेन्द्र यादवलाई शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित सम्पर्क कार्यालयले पक्राउ गरेको हो।
_x000D_
_x000D_
जग्गाको क्षेत्रफल सुधार गर्ने कार्यका लागि यादवले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
_x000D_
_x000D_
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।