काठमाडौं - जापान सरकारले आप्रवासी श्रमिक आपूर्ति गर्ने विधेयक मन्त्रिपरिषद बैठकबाट अनुमोदन गरेको छ। उक्त विधेयक शुक्रबार मन्त्रीपरिषद स्वीकृत गरिएको हो। कामदारको कमी रहेका क्षेत्रका लागि सीपयुक्त कामदार भित्र्याउन यो विधेयक पारित गरेको जनाइएको छ। विधेयकमा विदेशी श्रमिकलाई ५ वर्षको करार अनुमति भिसाको सुविधा दिने जनाइएको छ।
_x000D_
_x000D_
आगामी वर्षको अप्रिलदेखि विदेशी कामदार भित्र्याउन भिसा खुला गरिने बताइएको छ। पछिल्लो समय श्रमिकको अभाव भएपछि जापानले आप्रवासी श्रमिक भित्र्याउने नीति अंगिकार गरेको हो।
_x000D_
_x000D_
प्रधानमन्त्री शिन्जो आबेले सांसदहरूसँग छलफल गर्दै जापानले श्रमिकको कमी रहेका क्षेत्रमा मात्र यो व्यवस्था लागू हुने बताए। तर, उनले जापानको कठोर आप्रवासी नीतिमा आमूल परिवर्तन नगरेको स्पष्ट पारेका छन्।
_x000D_
_x000D_
विधेयकमाथि विपक्षी दलसहित सत्तासिन दलका सांसदले समेत विरोध गरेका कारण गत महिना आउने भनिएको विधेयक रोकिएको थियो। जापानका उद्योगी तथा व्यवसायीहरूले विदेशि श्रमिकको अत्यावश्यक रहेको भन्दै प्रधानमन्त्रीको कदमको स्वागत गरेका छन्। विधेयक आएसँगै आप्रवासी कामदारमाथि हुनसक्ने शोषणलाई कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न जरुरी रहेको बताइएको छ।
_x000D_
_x000D_
भाषामा दक्ष, उच्च शैक्षिक योग्यता र भाषा परिक्षा लिएरमात्रै कामदार आपूर्ति गरिने बताइएको छ। करारअवधि सकिएका विदेशी कामदार भिसा थप गरि बस्ने पाउने र श्रमिक प्रमाणपत्र पाएपछि परिवार पनि लैजान पाउने व्यवस्था गरिएको छ।
_x000D_
_x000D_
हेरचाह (केयरगिभर), कृषि, निर्माण, पर्यटन र नर्सिङ क्षेत्रमा श्रमिकको माग उच्च छ। धेरै श्रमिकको माग रहेको छ।
_x000D_
_x000D_
२ दशमलव ५ प्रतिशत जापानीमात्र बेरोजगार छन्। न्यून बेरोजगारी दरका कारण त्यहाँका उद्योगी व्यवसायीलाई कामदार पाउन कठिन छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।