काठमाडाैं– प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित पदमुक्त भएका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री स्थापितलाई शुक्रबार अपरान्ह बर्खास्त गर्ने निर्णय गरेको प्रदेश ३ का एक जना मन्त्रीले बताए।
_x000D_
_x000D_
मुख्यमन्त्रीले हिजो प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरेका थिए। स्थापितलाई हटाउने कुरामा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएपछि मुख्यमन्त्री पौडेलले मन्त्री स्थापितलाई बर्खास्त गरी उनले सम्हाल्दै आएको भौतिक योजना मन्त्रालयको जिम्मेवारी आफैंले लिएका छन्।
_x000D_
_x000D_
बुधबार प्रदेश मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच भनाभन भएपछि उनलाई बर्खास्त गर्ने तयारी भएको थियो। मुख्यमन्त्रीसँग भनाभन भएपछि मन्त्री स्थापित हेटौंडाबाट लगत्तै काठमाडौं आएका थिए। मुख्यमन्त्री पौडेल पनि प्रधानमन्त्रीलाई भेटेर उनलाई बर्खास्त गर्ने योजनासहित बिहीबार नै काठमाडौं आएका थिए।
_x000D_
_x000D_
बुधबारको मन्त्रिपरिषद् बैठक सकिनासाथ उनले मुख्यमन्त्री पौडेलसामु अभद्र व्यवहार देखाएका थिए। स्थापितले मुख्यमन्त्रीलाई एकोहोरो गालीगलोज गरेको प्रदेश ३ का एक मन्त्रीले जानकारी गराए।
_x000D_
_x000D_
बैठकका एजेण्डा सकिएसँगै स्थापितले मुख्यमन्त्रीसँग केही कुरा गर्नुछ भन्दै गालीको शैलीमा आफ्ना कुरा राखेका थिए। प्रदेशको मन्त्री भइसकेपछि स्थापितले पटकपटक मुख्यमन्त्रीसँग अभद्र व्यवहार गरेको जनाउँदै मुख्यमन्त्री पौडेलले उनलाई हटाउने प्रक्रिया सुरु गरेका थिए।
_x000D_
_x000D_
प्रदेश सरकार बनेसँगै पौडेलले गठन गरेको पहिलो पटकको मन्त्रिमण्डलमा स्थापित परेका थिए। काठमाडौं महानगरपालिकाको मेयर हुँदा महिला हिंसा गरेको भन्दै रश्मिला प्रजापतिले मिटु अभियानमार्फत स्थापितलाई आरोप लगाएकी थिइन्। साथै अर्की सञ्चारकर्मी उज्ज्वला महर्जनले पनि स्थापितले अनावश्यक फोन कल गरेको आरोप लगाएकी थिइन्। स्थापितले महिला सञ्चारकर्मीले लगाएको आरोपको प्रतिवाद गर्दै आएका छन्।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।