काठमाडौं– पर्सा प्रहरीले बसको प्यासेजबाट १४ किलोभन्दा बढी चाँदीका गरगहना फेला पारेको छ।
_x000D_
_x000D_
बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१४ गणेशचोकमा ना २ ख ३९७९ नम्बरको बस चेक गर्ने क्रममा १४ किलो ६ सय ७५ ग्राम बराबरको चाँदीको गरगहना फेला पारेको जनाएको छ।
_x000D_
_x000D_
वीरगञ्जबाट पथलैया जाँदै गरेको उक्त बसको प्यासेजमा राखिएको खरानी रंङको झोलाबाट प्रहरीले चाँदी फेला पारेको थियो।
_x000D_
_x000D_
बसमा सवार यात्रुहरुलाई चाँदीका गरगहना कसको हो भनी सोध्दा कसैले पनि आफ्नो दाबी नगरेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
बरामद चाँदीको मूलय ६ लाख २७ हजार ५ सय ९० रुपैयाँ रहेको छ। उक्त चाँदी प्रहरीले भन्सार कार्यालय वीरगञ्जलाई बुझाएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।