काठमाडौं त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लाण्ट सेन्टरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटी स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्। भेटका अवसरमा दुई अध्यक्षबीच मुलुकको समसामयिक अवस्थाका बारेमा पनि विचारविमर्श भएको नेता दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए।
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल लगायत अस्पताल पुगेका थिए।
_x000D_
_x000D_
अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका प्रतिवेदन राम्रो रहेको र स्वास्थ्य स्थिति सामान्य भएको जनाएको छ। प्रधानमन्त्री ओली सोमबार बिहानदेखि अस्पतालमा उपचाररत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।