काठमाडौं- सन् १९७१ को हवाई सम्झौता प्रतिस्थापन गर्दै नेपाल र थाइल्यान्डबीच ४७ वर्षपछि नयाँ हवाई सम्झौता भएको छ।
_x000D_
_x000D_
शुक्रबार बिहानै थाइल्यान्डमा दुई देशका प्रतिनिधिबीच सम्झौता भएको हो। सम्झौतामा सातामा २८ वटासम्म दुवै देशले उडान गर्न पाउने सहमति भएको टोलीमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले बताए। सन् १९७१ को हवाई सम्झौतामा सातामा १० वटा मात्रै उडान गर्न पाउने उल्लेख थियो।
_x000D_
_x000D_
थाइल्यान्डमा रजिस्ट्रेसन भएर अन्तर्राष्ट्रिय उडान भरिरहेका विमान कम्पनीले नेपालका जुनसुकै अन्तर्राष्ट्रिय विमानस्थल (पछि निर्माण हुनेमा समेत) मा उडान गर्न पाउनेछन् भने नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीले पनि थाइल्यान्डका जनुसुकै सहरमा उडान भर्न पाउने नेपालले जानकारी दिए।
_x000D_
_x000D_
कार्गोका लागि कुनै प्रतिबन्ध छैन भने दुई पक्षीय सम्झौतामा थर्ड कन्ट्री कोड सेयरिङमा व्यवस्थापना गरिने पनि सम्झौतापत्रमा उल्लेख छ।
_x000D_
_x000D_
के छ सम्झौतामा?
_x000D_
_x000D_


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।