काठमाडौं– निर्मला पन्तको हत्या भएको एक सय दिन पुगेको छ। बलात्कारपछि हत्या भएको यति लामो बित्दासमेत घटनामा संलग्न अपराधीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।
_x000D_
_x000D_
यसबीचमा निर्मलाका बुवाआमासहितको मानव अधिकारवादीको एक टोलीले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री तथा प्रतिपक्ष दलका नेता लगायतसँग भेट गरी हत्यारालाई कानुनी दायरामा ल्याउन मागसमेत गरेका थियो। छिट्टै हत्यारा पत्ता लगाएर कानुनी दायरामा ल्याउने आश्वासन परिवारले पाए पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सेकका छैनन्।
_x000D_
_x000D_
सरकारले पटकपटक हत्याराको नजिक पुगिएको, अनुसन्धान जारी राखिएको, हत्यारालाई जुनकुनै हालतमा पनि छिट्टै पक्राउ गर्ने बताइहँदा व्यवहारमा भने अवस्था शून्यको अवस्थामा छ। जसकारण नेपाल प्रहरीको चौतर्फी आलोचना भइरहेको छ। घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन बुझाइसक्दा समेत घटनामा कुनै नयाँ तथ्य फेला पर्न सकेको छैन।
_x000D_
_x000D_
अनुसन्धानमा खटिएका प्रहरी, छानबिन समितिका सदस्य हुन् या सरकार र सर्वधारणनै किन नहुन्; सबैसामु सुरुदेखिकै एउटै प्रश्न जिवित छ– आखिर निर्मलाको हत्या कसले गर्यो?
_x000D_
_x000D_
जघन्य अपराधको घटनामा पनि अपराधी पक्राउ पर्न नसकेपछि तत्कालीन अवस्थामा प्रहरी प्रधान कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुसन्धानमा खटिन निर्देशन दिएको थियो। जनदबाव बढ्न थालेपछि सिआइबीले हत्यारा दिलीपसिंह विष्ट नै रहेको भन्दै सार्वजनिकसमेत गरेको थियो। १३ वर्षीया पन्तको योनीको ‘भेजिनल स्वाब’मा भएको वीर्यसँग विष्टको डिएनए नमिलेपछि उनी रिहा भए।
_x000D_
_x000D_
प्रहरीले अनुसधनानमा चरम लापरबाही गरेको भन्दै सिआइबीको टोली र कञ्चनपुरका एसपीसहितलाई निलम्बन गरेको थियो। पछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट समेत हटाइसकेको छ।
_x000D_
_x000D_
यस्तो छ घटना
_x000D_
साउन ९ गते रोशनी बम निर्मलाको घर आएकी थिइन्। यसैदिन नै निर्मला भोलिपल्ट (१० गते) रोशनीको घरमा जाने सल्लाह भएको थियो। रोशनीले निर्मलासँग लिएको २० रुपैयाँ भोलिपल्ट १० गते दिने बताएकी थिइन्। रोशनी र निर्मलाको घरको दुरी लगभग डेढ किलोमिटर टाढा छ। १० गते रोशनीको घर गएकी निर्मला सवा २ बजे घर जान्छु भन्दै बाहिरिएकी थिइन्।
_x000D_
_x000D_
रोशनीको घरबाट अम्बा, किताब लिएर साइकलमा घर जान्छु भनेर हिँडेकी निर्मला न घरसम्म पुग्छिन्, न त कसैसँग सम्पर्कमा नै आउँछिन् । १० गते अपराह्नबाट खोजिएकी निर्मलाको अन्ततः भोलिपल्ट बिहान ११ बजे उखुबारीमा शव फेला पर्छ। पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको जनाइएको छ। घाँटीमा ५ वटा औंलाको डाम भन्ने उल्लेख छ।
_x000D_
_x000D_
अबको अनुसन्धान कता?
_x000D_
कञ्चनपुर प्रहरीले नै बेलैमा निर्मलाको खोजी नगरेको र प्रमाण नष्ट गर्ने काम गरेको भन्दै चौतर्फी आलोचना भयो। त्यसपछि सिआइबीबाट खटिएको डिएसपी अंगुर जिसीको टोलीले पनि नक्कली हत्यारालाई पक्राउ गरेर भिआइपी हत्यारा लुकाउन खोजेको आरोप लाग्यो। पछि डिएसपी जिसीलाई समेत निलम्बन गरेर सिआइबीका एसएसपी ठाकुर ज्ञवालीलाई अनुसन्धानका लागि पठाइयो। उनी बढुवा भएर डिआइजीसमेत भइसके। तर हत्याको 'क्लु' फेला पर्न सकेको छैन।
_x000D_
_x000D_
त्यसैगरी डिआइजी हुँदा अनुसन्धानको जिम्मेवारी पाएका धीरु बस्न्यात हाल एआइजी छन्। घटनास्थल पुगेरसमेत उनले अवलोकन गरे। बस्न्यातको टोलीले समेत कुनै तथ्य फेला पार्न सकेन। प्रहरीले अनुसन्धानमा कारबाही गरेको भन्दै सिफारिस गर्नुबाहेक अन्य कुरा पत्ता लगाउन सकेन।
_x000D_
_x000D_
गृह मन्त्रालयका सहसचिव हरि मैनालीको टोलीले घटनामा प्रहरीको लापरबाही भएको बतायो। त्यहाँभन्दा बढी अहिलेसम्म केही बाहिर आउन सकेको छैन। प्रहरीले अहिलेसम्म तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, दीलिपसिंह विष्ट र चक्र बडूको रगत संकलन गरी डिएनए परीक्षण गरेको छ। त्यसमा नेगेटिभ देखिएको थियो।
_x000D_
_x000D_
मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा शंका गरिएका व्यक्तिको समेत डिएनए परीक्षण नमिलेपछि निर्मलाका हत्यारा पत्ता नलाग्ने हो त? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले पत्ता लगाएरै छाड्ने बताएका थिए। तर, कसरी पत्ता लाग्छ भन्नेबारे उनले केही भनेनन्।
_x000D_
_x000D_
अब शंका लागेर मात्रै पक्राउ गर्न सक्ने बाटो प्रहरीलाई छैन। निर्मला हत्याको प्रमाणको रुपमा अब एउटा मात्रै चिज बाँकी छ, डिएनए परीक्षण। अरु प्रमाण मेटिइसके र कतिपय त मेटाइए पनि।
_x000D_
_x000D_
मंगलबार फेरि प्रहरीले ४ जनाको डिएनए परीक्षण गर्नका लागि रगत लिइएको बताए पनि उनीहरुको नाम गोप्य राखिएको छ। शंका लागेजतिका व्यक्तिको डिएनए परीक्षण गर्नुबाहेक प्रहरीसामु अर्को विकल्प देखिँदैन। जसका कारण निर्मला हत्याकाण्डको अनुसन्धान जटिल मोडमा पुगेको एक प्रहरी अधिकारी बताउँछन्। उनले भने, 'निर्मलाका हत्यारा पत्ता लाग्न सक्ने सम्भावना धेरै न्यून छ। ‘मैले बलात्कार गरेँ, मेरो डिएनए टेस्ट गर्नु भनेर अपराधी बसेका होलान् र? घटनास्थल आसपासका मान्छेको डिएनए परीक्षणबाट अपराधी पत्ता लगाउन झन् गाह्रो छ।’
_x000D_
_x000D_
यदि मुख्य अपराधी अहिलेसम्म निगरानीमा नआएको भए पनि अब डिएनए गर्ने भए भन्ने थाहा पाएपछि भाग्नसक्ने सम्भावना भएकाले अपराधी पत्ता लाग्न नसक्ने उनको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।