बिबिसी- जम्मु कश्मीरमा भारतीय जनता पार्टी (बिजेपी) का प्रदेश सचिव अनिल परिहार र उनका भाइ अजित परिहारको अज्ञात बन्दुकधारीले बिहीबार राति हत्या गरेका छन्। उक्त घटना डोडा जिल्लाको किश्तवाड कस्बेमा भएको हो। उनीहरुलाई नजिकैबाट गोली प्रहार गरिएको बताइएको छ।
_x000D_
_x000D_
जम्मु कश्मीरका बिजेपी महासचिव अशोक कौलले उक्त घटनाको पुष्टि गरेका छन्। प्रदेश सचिव परिहार पार्टीका उच्च नेता रहेको उनले प्रतिक्रिया दिए। 'सानैदेख उनी बिजेपीमा जोडिएका थिए। जम्मुका ७-८ उच्च नेताभित्र पर्थे उनी,' कौलले भनेका छन्, 'उनी किस्तवाडमै बस्ने गरेका थिए।' बिजेपी स्टेट मोर्चाको अध्यक्षसमेत भइसकेका अनिल हाल इन्डिया युवा मोर्चाको सदस्य थिए। पछिल्लो समय उनी स्टेट सेक्रेटरी समेत थिए।
_x000D_
_x000D_
कौलले उक्त घटनाको भर्त्सना गरेका छन्। घटनापछि यतिबेला कस्बेमा प्रशासनले कर्फ्यू लगाएको छ। अहिले पूरै किस्तवाड कस्बेको स्थिति तनावपूर्ण बनेको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
बिजेपीका राष्ट्रिय अध्यक्ष अमित शाह र केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले उक्त घटनाको निन्दा गर्दै दु:ख व्यक्त गरेका छन्।
_x000D_
_x000D_
जम्मु कश्मीरका बिजेपी प्रवक्ता अल्ताफ ठाकुरले उक्त हमलाको निन्दा गर्दै जम्मु कश्मीरमा बिजेपीको लोकप्रियता देखेर केही मानिस अत्तालिएको बताए। दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न उनले प्रहरीलाई आग्रह गरेका छन्।
_x000D_
_x000D_
इन्सपेक्टर जनरल एसडी सिंह जम्वालले भने अहिलेसम्म हत्याराको पहिचान हुन नसकेको बताए। 'छानबिन सुरु भइसकेको छ। अहिले नै केही भन्न सकिन्न,' उनले प्रतिक्रिया दिएका छन्।
_x000D_
_x000D_
जम्मु कश्मीरमा गत वर्ष मात्र पहिलो पटक यसखालको घटना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।