• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

डाक्टर मार्ने योजना असफल भएपछि गौचनको हत्या

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १५, २०७५  १४:२०
1140x725

काठमाडौं– प्रहरीले गत वर्ष भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका विषयमा नयाँ नयाँ तथ्यहरु फेला पार्दै गएको छ। प्रहरीले केही दिन अघि हत्यामा संलग्न रहेको आरोपमा थप तीन जनालाई पक्राउ गरेपछि नयाँ तथ्यहरु बाहिर आउन थालेको हो।

_x000D_ _x000D_

हत्यामा संलग्न रहेका आरोपमा पक्राउ परेका अम्बर बहादुर राना, रोशन बुढाथोकी र लोप्साङ भनेर चिनिने सोम लामाको बयानपछि नयाँ तथ्या फेला पारेको हो। अम्बर सेनाका भगौडा हुन्।

_x000D_ _x000D_

बयान अनुसार गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेतले सबैभन्दा पहिला राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक डाक्टर (सुरक्षालाई ध्यानमा राख्दै डाक्टरको नाम गोप्य राखिएको)को हत्या गर्ने योजना बनाएका थिए। 

_x000D_ _x000D_

प्रहरीले दिएको जानकारी अनुसार बस्नेत राजधानीमा सुस्ताएको डनतन्त्रलाई पुनः ब्युताउन चाहन्थे र त्यसका लागि उनी प्रतिष्ठित व्यक्तिको हत्या गरी उक्त समूहका अन्य व्यक्तिहरुसँग धम्काउँदै रकम असुल्ने योजनामा थिए। 

_x000D_ _x000D_

हत्याका लागि ट्रमाका डाक्टर नै किन ?
_x000D_ प्रहरीलाई प्राप्त भएको जानकारी अनुसार समिर बस्नेत समुहका गुन्डा जसवन्त राईलाई प्रहरीले खुट्टामा गोली प्रहार गरी २०७३ असार १० गते पक्राउ गरेको थियो। सो क्रममा राईको खुट्टामा गहिरो चोट लागेको थियो। प्रहरीले राईको उपचारका लागि ट्रमा सेन्टरमा लगेको थियो। 

_x000D_ _x000D_

उपचारका क्रममा ट्रमा सेन्टरका एक डाक्टरले 'उपचार हुँदैन खुट्टा काट्नुपर्छ' भनेका थिए। समीरले खुट्टा नकाटी उपचार गराउन दबाब दिए। 

_x000D_ _x000D_

त्यसपछि ट्रमा सेन्टरमा उपचार सम्भव नभएको भन्दै राईलाई एक निजी अस्पताल लगियो।

_x000D_ _x000D_

समीरको समूहलाई जसरी पनि आतंक सिर्जना गरेर पैसा असल्नु थियो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

त्यो घटनापछि नै समिरले डाक्टर मार्ने योजना बनाएका हुन्। यसका लागि समिरले खुट्टा काट्नुपर्छ भन्ने डाक्टरलाई मार्ने योजना बनाएको प्रहरी अनुसन्धानका क्रममा भेटिएको हो। 

_x000D_ _x000D_

डाक्टरलाई मार्ने योजना बनाएर समीरले त्यसबेला सेनाका भगौडा अम्बरलाई ट्रमा पठाए। 

_x000D_ _x000D_

समिरले अम्बरलाई हत्या गर्ने भनिएको व्यक्ती गुन्डा हुन् भनेर परिचय दिएका थिए।

_x000D_ _x000D_

त्यसपछि अम्बर हत्या गर्ने योजना सहित हिँडेका थिए। तर, उनले हत्या गर्न लागिएको व्यक्ती गुन्डा नभई डाक्टर रहेको चाल पाए। 

Xtrem

Xtrem
_x000D_ _x000D_

गोली हान्न लागेका व्यक्ति डाक्टर नै भएको थाहा पाएपछि अम्बर गोली नहानी फर्किएको अनुसन्धान क्रममा खुलेको छ। 

_x000D_ _x000D_

त्यसपछि समिरमानले मिलन चक्रेको हत्या गर्ने दोस्रो योजना बनाए। तर, यो योजना पनि सफल भएन।

_x000D_ _x000D_

लगत्तै उनले तेस्रो योजनामा परे चाबहिलका अर्का गुन्डा नाइके। तर, ती गुन्डा विदेशमा रहेपछि यो योजना पनि  तुहिएको थियो।

_x000D_ _x000D_

समीर समूहको चौथो टार्गेटमा परे गुन्डा नाइके दावा लामा। दिव्य पार्टी प्यालेस एन्ड हस्पिटालिटी गौरीघाटमा जिम गर्न जाँदै गर्दा २०७३ चैत २९ गते गेटमै दावामाथि गोली हानियो। काठमाडौंका तत्कालीन एसएसपी छविलाल जोशीलाई फोन गरेर लोप्साङ लामाले घटनाको जिम्मा लिए। उनी गौचन हत्या कान्डमै पक्राउ परिसकेका छन्।

_x000D_ _x000D_

चार-चार वटा योजना असफल भएपछि पाँचौ योजनाको रुपमा समीरले गौचनलाई टार्गेट बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

_x000D_ _x000D_

समीरकै योजनामा गौचनलाई अम्बरले गोली प्रहार गरेका थिए। 'गौचन एकदम नामुद गुन्डा हो। यसलाई मार्योम भने बोराका बोरा पैसा आउँछ' भन्दै आफूलाई गोली हान्न लगाएको अम्बरले स्विकारेका छन्।

_x000D_ _x000D_

गौचन हत्यामा अहिलेसम्म मुख्य योजनाकार समीरमानसिंह बस्नेत, राजीव स्याङ्तान, शिवजी महतो, मुकेशकुमार पाण्डे, प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, लोप्साङ लामा, अम्बरबहादुर राना, श्यामबहादुर गुम्बे, रोशन बुढाथोकी पक्राउ परिसकेका छन्। सोही हत्यामा जोडिएका  मनोज पुन भने २०७४ फागुन ९ गते रुपन्देहीको 'इन्काउन्टर'मा मारिए।

_x000D_ _x000D_

अजय थापा र गंगा लिङ्देन भने अझै फरार छन्। 

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०७५  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री
कार्टुन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री सोमबार, असोज १२, २०८३
कार्टुन सोमबार, असोज १२, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार सोमबार, असोज १२, २०८३
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्