• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

डाक्टर मार्ने योजना असफल भएपछि गौचनको हत्या

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १५, २०७५  १४:२०
1140x725

काठमाडौं– प्रहरीले गत वर्ष भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका विषयमा नयाँ नयाँ तथ्यहरु फेला पार्दै गएको छ। प्रहरीले केही दिन अघि हत्यामा संलग्न रहेको आरोपमा थप तीन जनालाई पक्राउ गरेपछि नयाँ तथ्यहरु बाहिर आउन थालेको हो।

_x000D_ _x000D_

हत्यामा संलग्न रहेका आरोपमा पक्राउ परेका अम्बर बहादुर राना, रोशन बुढाथोकी र लोप्साङ भनेर चिनिने सोम लामाको बयानपछि नयाँ तथ्या फेला पारेको हो। अम्बर सेनाका भगौडा हुन्।

_x000D_ _x000D_

बयान अनुसार गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेतले सबैभन्दा पहिला राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक डाक्टर (सुरक्षालाई ध्यानमा राख्दै डाक्टरको नाम गोप्य राखिएको)को हत्या गर्ने योजना बनाएका थिए। 

_x000D_ _x000D_

प्रहरीले दिएको जानकारी अनुसार बस्नेत राजधानीमा सुस्ताएको डनतन्त्रलाई पुनः ब्युताउन चाहन्थे र त्यसका लागि उनी प्रतिष्ठित व्यक्तिको हत्या गरी उक्त समूहका अन्य व्यक्तिहरुसँग धम्काउँदै रकम असुल्ने योजनामा थिए। 

_x000D_ _x000D_

हत्याका लागि ट्रमाका डाक्टर नै किन ?
_x000D_ प्रहरीलाई प्राप्त भएको जानकारी अनुसार समिर बस्नेत समुहका गुन्डा जसवन्त राईलाई प्रहरीले खुट्टामा गोली प्रहार गरी २०७३ असार १० गते पक्राउ गरेको थियो। सो क्रममा राईको खुट्टामा गहिरो चोट लागेको थियो। प्रहरीले राईको उपचारका लागि ट्रमा सेन्टरमा लगेको थियो। 

_x000D_ _x000D_

उपचारका क्रममा ट्रमा सेन्टरका एक डाक्टरले 'उपचार हुँदैन खुट्टा काट्नुपर्छ' भनेका थिए। समीरले खुट्टा नकाटी उपचार गराउन दबाब दिए। 

_x000D_ _x000D_

त्यसपछि ट्रमा सेन्टरमा उपचार सम्भव नभएको भन्दै राईलाई एक निजी अस्पताल लगियो।

_x000D_ _x000D_

समीरको समूहलाई जसरी पनि आतंक सिर्जना गरेर पैसा असल्नु थियो। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

त्यो घटनापछि नै समिरले डाक्टर मार्ने योजना बनाएका हुन्। यसका लागि समिरले खुट्टा काट्नुपर्छ भन्ने डाक्टरलाई मार्ने योजना बनाएको प्रहरी अनुसन्धानका क्रममा भेटिएको हो। 

_x000D_ _x000D_

डाक्टरलाई मार्ने योजना बनाएर समीरले त्यसबेला सेनाका भगौडा अम्बरलाई ट्रमा पठाए। 

_x000D_ _x000D_

समिरले अम्बरलाई हत्या गर्ने भनिएको व्यक्ती गुन्डा हुन् भनेर परिचय दिएका थिए।

_x000D_ _x000D_

त्यसपछि अम्बर हत्या गर्ने योजना सहित हिँडेका थिए। तर, उनले हत्या गर्न लागिएको व्यक्ती गुन्डा नभई डाक्टर रहेको चाल पाए। 

_x000D_ _x000D_

गोली हान्न लागेका व्यक्ति डाक्टर नै भएको थाहा पाएपछि अम्बर गोली नहानी फर्किएको अनुसन्धान क्रममा खुलेको छ। 

_x000D_ _x000D_

त्यसपछि समिरमानले मिलन चक्रेको हत्या गर्ने दोस्रो योजना बनाए। तर, यो योजना पनि सफल भएन।

_x000D_ _x000D_

लगत्तै उनले तेस्रो योजनामा परे चाबहिलका अर्का गुन्डा नाइके। तर, ती गुन्डा विदेशमा रहेपछि यो योजना पनि  तुहिएको थियो।

_x000D_ _x000D_

समीर समूहको चौथो टार्गेटमा परे गुन्डा नाइके दावा लामा। दिव्य पार्टी प्यालेस एन्ड हस्पिटालिटी गौरीघाटमा जिम गर्न जाँदै गर्दा २०७३ चैत २९ गते गेटमै दावामाथि गोली हानियो। काठमाडौंका तत्कालीन एसएसपी छविलाल जोशीलाई फोन गरेर लोप्साङ लामाले घटनाको जिम्मा लिए। उनी गौचन हत्या कान्डमै पक्राउ परिसकेका छन्।

_x000D_ _x000D_

चार-चार वटा योजना असफल भएपछि पाँचौ योजनाको रुपमा समीरले गौचनलाई टार्गेट बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

_x000D_ _x000D_

समीरकै योजनामा गौचनलाई अम्बरले गोली प्रहार गरेका थिए। 'गौचन एकदम नामुद गुन्डा हो। यसलाई मार्योम भने बोराका बोरा पैसा आउँछ' भन्दै आफूलाई गोली हान्न लगाएको अम्बरले स्विकारेका छन्।

_x000D_ _x000D_

गौचन हत्यामा अहिलेसम्म मुख्य योजनाकार समीरमानसिंह बस्नेत, राजीव स्याङ्तान, शिवजी महतो, मुकेशकुमार पाण्डे, प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, लोप्साङ लामा, अम्बरबहादुर राना, श्यामबहादुर गुम्बे, रोशन बुढाथोकी पक्राउ परिसकेका छन्। सोही हत्यामा जोडिएका  मनोज पुन भने २०७४ फागुन ९ गते रुपन्देहीको 'इन्काउन्टर'मा मारिए।

_x000D_ _x000D_

अजय थापा र गंगा लिङ्देन भने अझै फरार छन्। 

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०७५  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलका नेताहरुको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका छ : ओली
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दलका नेताहरुको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका छ : ओली बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति पौडेल स्वदेश फिर्ता बिहीबार, कात्तिक २०, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पृथ्वी सुब्बा गुरुङको प्रश्न- जेनजीको नाममा कसैले भन्दैमा एमाले नेतृत्वबाट ओलीलाई किन हटाउने ? बिहीबार, कात्तिक २०, २०८२
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
आज माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच एकता घोषणा  हुँदै बुधबार, कात्तिक १९, २०८२
रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दै बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्