काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि एक सय वटा नयाँ पर्यटकीय गन्तव्य छनोट गरको छ।
_x000D_
_x000D_
मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा थप एक सय वटा नयाँ गन्तव्य छनोट गरेको हो।
_x000D_
_x000D_
मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायका अनुसार नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढीको आवेदन परेको थियो। आवेदन परेका गन्तव्य तथा प्रदेश र स्थानीय सरकारले दिएको सुझाव र मन्त्रालयले गरेको अध्ययनको आधारमा नयाँ गन्तव्य छनोट भएको उपाध्याय बताउँछन्। नयाँ गन्तव्य छनोटका लागि मन्त्रालयले ५ आधार तय गर्दै भदौमा सूचना प्रकाशन गरेको थियो।
_x000D_
_x000D_
सरकारले निजी क्षेत्रको सहकार्यमा गन्तव्य स्थानको विकास गरिने मन्त्रालयले जनाएको छ। नयाँ एक सय गन्तव्य छनोट कार्यले सन् २०२० मा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग पुगोस् भनी यो योजना अगाडि सारेको मन्त्रालयले जनाएको छ।
_x000D_
_x000D_
सरकारले २०२५ सम्म देशको अर्थतन्त्रको कुल हिस्सामा पर्यटनको योगदान २५ प्रतिशत पुर्योउने लक्ष्यसहित थप सय गन्तव्य छनोट गरेको उपाध्यायले बताए।
_x000D_
_x000D_
पर्यटकीय गन्तव्य छनोटसँगै सरकारले सार्वजनिक निजी क्षेत्रको साझेदारी (पिपिपी) मोडलमा पूर्वाधार विकास गर्ने योजनालाई पनि प्राथमिकता दिने उपाध्याय बताउँछन्। साथै गन्तव्य छनोटका आधारमा पर्यटकीय सर्किटको नयाँ योजना बनाइने पनि मन्त्रालयले स्पष्ट पारेको छ। ‘छनोट भएका पर्यटकीय गन्तव्यको विकासका लागि सरकारलाई स्थानीय तह र प्रदेश सरकारको सहयोग र सहकार्य आवश्यक पर्छ’, उपाध्यायले भने, ‘नयाँ गन्तव्य छनोटमा स्थानीय तथा प्रदेश सरकारले सिफारिस गरेको ठाउँ पनि समावेश छ।’
_x000D_
_x000D_
सरकारले बजेटमार्फत नै नयाँ सय गन्तव्य छनोटका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो।
_x000D_
_x000D_
सय पर्यटकीय गन्तव्य छनोट गर्दा सय वर्ष पुराना पुरातात्विक सम्पदालाई सबैभन्दा बढी प्राथमिकता दिइएको सहसचिव उपाध्यायले बताए। नेपालको संस्कृति सम्पदाको संरक्षणमा समेत यसले सहयोग पुर्याउने मन्त्रालयको ठहर छ। साथै, सरकारले पुरातात्विक सम्पदाको संरक्षणमा पनि विशेष ध्यान दिन लागेको उपाध्यायले दाबी गरे।
_x000D_
_x000D_
यसैगरी, गन्तव्य छनोटमा ५ वर्ग किलोमिटर वा सोभन्दा बढी क्षेत्रफलमा फैलिएका तालतलैया वा पोखरी भएको ठाउँलाई समेत आधार मानिएको छ। चर्चित पर्यटकीय गन्तव्य तर भौतिक पूर्वाधार र सेवासुविधाले पछाडि परेको ठाउँलाई पनि पाँच आधार भित्र राखिएको छ। पर्यटकीय स्थलको भौतिक पूर्वाधार विकास र गुरुयोजना तयार भए पनि कार्यान्वयन हुन नसकेको आधारमा पनि पर्यटकीय गन्तव्य छनोट हुने उनको भनाइ छ।
_x000D_
_x000D_
हाल नेपालमा वार्षिक १० लाख पर्यटक आउने गरेको तथ्यांक छ।
_x000D_
_x000D_
सरकारले पहिचान गरेका १०० पर्यटकीय गन्तव्य
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।