काठमाडौं– १७ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले रिचार्ज कार्ड चोरी गर्ने रोल्पाको मालि गाउँपालिका–१ का २१ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
उनलाई नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी भएको २१ दिनपछि इलाका प्रहरी कार्यालय थवाङको सहयोगमा दाङ प्रहरीले पक्राउ गरेको हो। पुनले रिचार्ज डिलरले गाडीमार्फत एक ठाउँबाट अर्को ठाउँ रिचार्ज कार्ड लिएर जाँदै गरेको बेला बिचबाटो बाटै कार्ड चोरेको दाङका एसपी कृष्णहरि शर्माले बताए।
_x000D_
_x000D_

_x000D_
_x000D_
उनले दाङमा चोरी गरेका रिचार्ज कार्डहरु रोप्लाको थवाङ गाउाँलिकामा लगेर बेच्ने गरेको पाइएपछि रोल्पा प्रहरीसँग समन्वय गरेर पक्राउ गरिक्एो दाङ प्रह्रीले जनाएको छ।
_x000D_
_x000D_
उनले चोरी गरेका रिचार्ज कार्डहरु प्युठानको स्वर्गद्धारी गाउँपालिका–७ स्थित ससुराली घरमा लुकाएर राख्ने गरेको प्रहरीले जनाएको छ। पुनको ससुराली घरमा खानतलासी गर्दा प्रहरीले ठूलो मात्रामा रिचार्ज कार्ड बरामद भएको जनाएको छ।
_x000D_
_x000D_
प्रहरीले रोप्लाबाट ४ लाख बराबरको रिचार्ज कार्ड, प्युठानबाट १२ लाख १० हजार बराबरको रिचार्ज कार्ड गरी १६ लाख १० हजार बराबरको रिचार्ज कार्ड बरामद गरेको जनाएको छ। तीन लाखको रिचार्ज कार्ड भने उनले बेचिसकेको हुनसक्ने प्रहरीले जनाएको छ। उनलाई चोरी मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।