काठमाडौं– उखु किसानको ४७ करोड २६ लाख रुपैयाँभन्दा बढी रकम भुक्तान नगर्ने चिनी मिल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई बुधबार पक्राउ गरेको हो। पक्राउ गरेका उनलाई सर्लाही पठाउने कि काठमाडौं हिरासतमा राखेर अनुस्नधान गर्ने भन्नेबारे छलफल भएपछिमा मात्रै टुंगो लाग्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए।
_x000D_
_x000D_
इन्दिरा सुगर एण्ड एग्रो प्रालिको तर्फबाट ८ करोड ५८ लाख ९९ हजार ४ सय ७५ रुपैयाँ र अन्नपूर्ण सुगर मिल्स प्रालि सर्लाहीको तर्फबाट ३८ करोड ६८ लाख रुपैयाँ गरी ४७ करोड २६ लाख ९९ हजार ४ सय ७५ रुपैयाँ भुक्तान गर्न बाँकी रहेको छ। यी दुवै मिलका सञ्चालक अग्रवाल हुन्।
_x000D_
_x000D_
किसान, आपुर्ति मन्त्रालय र कृषि मन्त्रालयबाट गृहमन्त्रालयमा मंगलबार निवेदन परेको थियो। गृहले मंगलबार नै प्रहरी हेडक्वाटरलाई पक्राउ गर्न भन्दै पत्राचार गरेको थियो। सोही पत्राचारको आधारमा परिसरले पक्राउ गरेको एसएसपी लामाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।