• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २, २०८३ Wed, Nov 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बलियो जनमतको आडमा भारतसँग राष्ट्रिय मुद्दा उठाउन प्रधानमन्त्रीलाई पूर्व राजदुतहरुको सुझाव

64x64
नेपाल लाइभ बुधबार, मंसिर २, २०८३  १५:३१
1140x725

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका सीमा विवाद, सन्धि–सम्झौता र आर्थिक मुद्दालाई स्पष्ट रूपमा उठाउन पूर्व राजदुतहरूले सुझाव दिएका छन् । बलियो जनमतसहित निर्वाचित सरकारका प्रधानमन्त्रीले राष्ट्रिय मुद्दा उठाउँदा संकोच मान्नुपर्ने अवस्था नरहेको उनीहरूको भनाइ छ ।

प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै छन् । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा सम्पन्न निर्वाचनबाट भारी मतसहित निर्वाचित प्रधानमन्त्रीको यो भ्रमणलाई नेपालको नयाँ राजनीतिक शक्ति र भारतसँगको सम्बन्धको आगामी दिशासँग जोडेर हेरिएको छ ।

चीनका लागि नेपालका पूर्वराजदूत लिलामणि पौडेलले प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा नेपालको असंलग्न परराष्ट्र नीतिको सिद्धान्तभित्र रहेर राष्ट्रिय हितका विषय स्पष्ट रूपमा राख्नुपर्ने बताए ।

नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्धलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । तर, भ्रमणलाई दुई देशका सरकार प्रमुखबीचको औपचारिक भेटघाटमा मात्र सीमित गर्न नहुने उनको भनाइ छ ।

उनले विगतमा भएका सन्धि, सम्झौता तथा समझदारी, सीमा विवाद र आर्थिक मुद्दालगायतका विषयमा गम्भीर छलफल हुनुपर्ने बताए ।

‘हाम्रो असंलग्न परराष्ट्र नीतिको सिद्धान्तभित्र बसेर एउटा स्वतन्त्र र सार्वभौम मुलुकको प्रधानमन्त्रीको हैसियतले नेपालको राष्ट्रिय हित सम्बर्धन हुने गरी आफ्नो प्रस्तुति दिन उहाँलाई सल्लाह दिन्छु,’ पौडेलले भने, ‘बलियो सरकार भएको हुनाले उहाँले नेपालका राष्ट्रिय मुद्दा उठाउन कुनै किसिमको संकोच मान्नुपर्छ जस्तो मलाई लाग्दैन । राष्ट्रिय हितका विषय उठाउँदा छिमेकी मित्रराष्ट्रले पनि त्यसलाई अन्यथा लिनुपर्ने कारण छैन ।’

उनका अनुसार विगतका सरकार गठबन्धनमा आधारित हुँदा र प्रधानमन्त्रीको दलको जनाधार कमजोर हुँदा अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको अडान स्पष्ट रूपमा प्रस्तुत हुन नसकेको अवस्था थियो । अहिले बलियो जनमतसहित निर्वाचित सरकार भएकाले प्रधानमन्त्रीले त्यसलाई राष्ट्रिय मुद्दा उठाउने अवसरका रूपमा उपयोग गर्न सक्नुपर्ने उनले बताए ।

यसैगरी, भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले पनि प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपालको राष्ट्रिय हितमा उपयोग गर्नुपर्ने बताए । बदलिएको राजनीतिक परिस्थितिप्रति भारतले देखाएको चासोलाई नेपालले अवसरका रूपमा लिनुपर्ने उनको भनाइ छ ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा नयाँ राजनीतिक परिवेशमा सरकार बनेको र भारत पनि नयाँ नेतृत्वसँग सम्बन्ध विस्तार गर्न इच्छुक देखिएकाले भ्रमणबाट ठोस परिणाम निकाल्नुपर्ने उनले बताए ।

‘नेपालमा राजनीतिक परिवर्तनपछि नयाँ परिवेशमा सरकार बनेको छ । भारतले पनि बुझ्न र सम्बन्ध राख्न चाहिरहेको छ । त्यसको उपयोग गर्न सक्नुपर्छ,’ उपाध्यायले भने, ‘राष्ट्रको हितमा परिणाम निकाल्नुपर्नेछ । पुराना र वर्तमान समस्यालाई स्पष्ट रूपमा राखेर परिणाम निकाल्न सक्नुपर्छ ।’

उनले नेपाल र भारतबीच विगतदेखि कायम रहेका समस्या समाधानका लागि दुई पक्षबीच स्पष्ट संवाद हुनुपर्ने बताए । दुई देशबीच भएका सन्धि, सम्झौता र निर्णयको कार्यान्वयन तथा निरन्तरतामा दुवै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । विगतका सहमति र निर्णयबाट कुनै पनि पक्ष विमुख हुन नहुने उनले बताए ।

यस्तै, डेनमार्कका लागि नेपालका राजदूत विजयकान्त कर्णले प्रधानमन्त्रीको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा लिनुपर्ने बताए । उनका अनुसार भ्रमणको पहिलो उद्देश्य भारतीय नेतृत्वसँग परिचय स्थापित गर्ने, एकअर्कालाई बुझ्ने र आपसी विश्वास निर्माण गर्नु हो ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भारत नेपालको सबैभन्दा घनिष्ठ सम्बन्ध भएको मुलुक रहेको उल्लेख गर्दै उनले व्यापार, लगानी र खुला सीमाका कारण पनि दुई देशबीचको सम्बन्ध विशेष महत्वको रहेको बताए । नेपालको कुल व्यापारको तीन प्रतिशतभन्दा बढी हिस्सा भारतसँग हुने गरेको र कुल निर्यातको करिब चार प्रतिशत भारततर्फ हुने गरेको उनको भनाइ छ । भारत नेपालको प्रमुख लगानीकर्ता मुलुकसमेत हो । नेपाल र भारतबीच करिब एक हजार आठ सय किलोमिटर लामो खुला सीमा रहेको छ ।

नयाँ राजनीतिक परिस्थितिमा निर्वाचित युवा प्रधानमन्त्री शाह र भारतीय नेतृत्वबीच यसअघि प्रत्यक्ष भेटघाट तथा पर्याप्त संवाद नभएकाले यो भ्रमण परिचय र विश्वास निर्माणका दृष्टिले महत्वपूर्ण हुने कर्णले बताए ।

‘भ्रमणको पहिलो उद्देश्य परिचय गर्ने, दोस्रो एकअर्कालाई चिन्ने र तेस्रो एकअर्काप्रति विश्वास दिलाउने र विश्वास गर्ने हो । फोनमा मात्रै कुरा गरेर एकअर्कालाई चिन्न सकिँदैन । भेटेर कुराकानी गरेपछि मात्रै एकअर्कालाई बुझ्न सकिन्छ,’ उनले भने ।

कर्णका अनुसार भ्रमणका क्रममा नेपालले विपद् व्यवस्थापन, पूर्वाधार विकास, हवाई रुट, ऊर्जा सहकार्य र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालगायतका विषय भारतीय पक्षसमक्ष उठाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १५:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईजिपी कार्कीको मुद्दामा सर्वोच्चले दियो कारण देखाउ आदेश
बलियो जनमतको आडमा भारतसँग राष्ट्रिय मुद्दा उठाउन प्रधानमन्त्रीलाई पूर्व राजदुतहरुको सुझाव
बराह ग्रुपका अध्यक्ष शिव लामिछाने पक्राउ
सम्बन्धित सामग्री
आईजिपी कार्कीको मुद्दामा सर्वोच्चले दियो कारण देखाउ आदेश बुधबार भएको सुनुवाइपछि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले दुवै पक्षलाई छलफलमा बोलाउन आदेश गरेको हो । बुधबार, मंसिर २, २०८३
बलियो जनमतको आडमा भारतसँग राष्ट्रिय मुद्दा उठाउन प्रधानमन्त्रीलाई पूर्व राजदुतहरुको सुझाव चीनका लागि नेपालका पूर्वराजदूत लिलामणि पौडेलले प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा नेपालको असंलग्न परराष्ट्र नीतिको सिद्धान्तभित... बुधबार, मंसिर २, २०८३
पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेको राष्ट्रिय भेलामा राष्ट्रिय भेलामा सहभागी भएसँगै भण्डारी पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय देखिएकी छन् । बुधबार, मंसिर २, २०८३
ताजा समाचारसबै
आईजिपी कार्कीको मुद्दामा सर्वोच्चले दियो कारण देखाउ आदेश बुधबार, मंसिर २, २०८३
बलियो जनमतको आडमा भारतसँग राष्ट्रिय मुद्दा उठाउन प्रधानमन्त्रीलाई पूर्व राजदुतहरुको सुझाव बुधबार, मंसिर २, २०८३
बराह ग्रुपका अध्यक्ष शिव लामिछाने पक्राउ बुधबार, मंसिर २, २०८३
झन्डै ५४ करोड बिगो तोकिएका फरार व्यवसायीलाई सीआईबीले पक्राउ गर्‍यो बुधबार, मंसिर २, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
निरन्तर ओरालो लागेको सुनको मूल्य कतिसम्म पुग्छ ? मंगलबार, मंसिर १, २०८३
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ मंगलबार, मंसिर १, २०८३
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्