काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको चिकित्सकहरुले बताएका छन्।
_x000D_
_x000D_
आज बिहान विज्ञप्ति जारी गर्दै मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको हो। आज बिहान प्रधानमन्त्री ओलीको रगत परीक्षण गर्नुका साथै छातीको एक्स-रे गरिएको थियो। रिपोर्टहरु सकारात्मक रहेको अस्पताल निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीले बिहान सजिलैसँग ब्रेकफास्ट लिएको र दाह्री काटेको उनको उपचारमा संलग्न डा अरुण सायमीले जानकारी दिए।
_x000D_
_x000D_
उनको उपचारमा डा अरुण सायमीको संयोजकत्वमा डा दिव्या सिंह शाह र डा सन्तकुमार दासको टोली खटिएको छ।
_x000D_
_x000D_
शनिबारदेखि रुघाखोकीले ग्रस्त प्रधानमन्त्रीलाई सोमबार बिहान ४:३० बजे अस्पताल भर्ना गरिएको थियो।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।