कतार- राष्ट्रपति विद्यादेवी भण्डारी कतारस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भएकी छन्। कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको स्वागतमा रात्रिभोजको आयोजना गरेका हुन्।
_x000D_
_x000D_
मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा छिन्।
_x000D_
_x000D_
यसअघि राष्ट्रपति भण्डारीले दोहास्थित 'बलद्ना फुड इन्डष्ट्रिज' को अवलोकन भ्रमण गरेकी थिइन्।
_x000D_
_x000D_
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्य समेत रात्रिभोजमा सरिक भए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।