काठमाडौं– जुवा खालको पैसा खाएको आरोपमा पक्राउ परेका म्हैपी अस्थायी प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) विचित्र थापा मगरलाई निलम्बन गरिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको सिफारिसमा महानगरीय प्रहरी आयुक्त कार्यालय रानिपोखरीले उनलाई निलम्बन गरेको काठमाडौं परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
_x000D_
_x000D_
असई थापा मगरले चार लाख रुपैयाँ खाएको पुष्टि भएपछि निलम्बन गरिएको प्रहरीले जनाएको छ। निलम्बन गरेर अनुसन्धान सुरु गरिएको र पछि अनुसन्धान टोलीको सुझाव अनुसार कस्तो कारबाही गर्ने भन्ने टुंगो लाग्ने उनले बताए।
_x000D_
_x000D_
असई थापा मगरको टोलीले गत सोमबार राति म्हैपीको एक घरमा जुवा खालमा छापा मारेको थियो। सो क्रममा उनले खालबाट १५ लाख रुपैयाँ बरामद गरेका थिए।
_x000D_
_x000D_
उनले जुवाडेलाई ११ लाख रुपैयाँपछि फिर्ता दिएका थिए भने ४ लाख रुपैयाँ आफैंले राखेको भन्दै दुई जुवाडे रितेश लामा र दिनेश पराजुलीले उजुरी दिएका थिए। उजुरी दिनै दुवै जना जुवाडेलाई परिसरले पक्राउ गरेर जुवा ऐनअनुसार मुद्दा चलाएको छ।
_x000D_
_x000D_
असई थापाले सो आरोप स्वीकार गरेका छैनन्। उनीसँग जुवा खालमा गएका एक जवान सुशीलकुमार कार्कीले असई जुवाखालभित्र छिरेको आफू घरबाहिरै बसेको बताएका छन्। असईले आफूलाई २५ हजार रुपैयाँ समेत दिएको जवानले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।