काठमाडौं– नेपाल र मलेसियाबीच श्रम समझदारीपत्र (एमओयू) मा आज हस्ताक्षर भएको छ।
_x000D_
_x000D_
औपचारिक रुपमा सन् २००२ देखि कामदार आपूर्ति गर्दै आएको मलेसिया र नेपालबीच काठमाडौंको होटल हायातमा आयोजित समारोहबीच हस्ताक्षर भएको हो। नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले सोमबार काठमाडौंमा आयोजित समारोहमा हस्ताक्षर गरे।
_x000D_
_x000D_
समझदारीपत्रमा हस्ताक्षर भएसँगै गत जेठ महिनादेखि बन्द मलेसियाको श्रम स्वीकृति पुनः खुलेको छ।
_x000D_
_x000D_
समझदारीपत्रमा समेटिएका मुख्य बुँदा
_x000D_
वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली श्रमिकको हकमा आउँदा–जाँदा हुने दोहोरो हवाई खर्च (फ्रि भिसा र फ्रि टिकट) रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ। रोजगारीका लागि मलेसियामा कार्यरत श्रमिक बिरामी र दुर्घटनामा परे रोजगारदाता कम्पनीले अनिवार्य क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेछ।
_x000D_
_x000D_
मलेसियाले लिँदै आएको लेबी अथवा होस्टेल चार्ज रोजगारदाताले बेहोर्ने, वार्षिक रुपमा तलब समायोजन गर्नुपर्ने विषय पनि एमओयूमा समावेश गरिएको छ। मलेसिया जाँदा स्वास्थ्य लगायत अन्य प्रक्रियामा लाग्ने खर्च रोजगारदाता कम्पनीले तिर्नुपर्नेछ।
_x000D_
_x000D_
यस्तै सुरुमा नेपालमा स्वास्थ्य परीक्षण लगायतको खर्च नेपाली श्रमिकले स्वयं गर्नुपर्ने र मलेसिया पुगिसकेपछि पहिलो महिनाको तलबसँगै रोजगारदाताले सो रकम उपलव्ध गराउनुपर्ने बुँदा पनि समेटिएको छ।
_x000D_
_x000D_
आफन्त (आमाबुबा, श्रीमान् श्रीमती र छोराछोरी) को मृत्यु भए कम्तीमा १५ दिनका लागि स्वदेश आउन पाउने व्यवस्था छ। बिमाको हकमा मलेसियाको कानुनले स्वदेशी कामदारकै हकमा लागू गरे अनुसार नै हुनेछ।
_x000D_
_x000D_
कामदारको बैंक खातामा रोजगारदाता कम्पनीले हरेक महिना ७ गते तलब भुक्तानी गराइसक्नुपर्ने पनि उल्लेख गरिएको छ। कामदार विमानस्थल पुगेको ६ घन्टाभित्र कम्पनीले गन्तव्य स्थलमा लैजानुपर्ने र महिलाको हकमा थप संरक्षण, सुरक्षा र रेखदेख गर्नुपर्ने पनि समझदारीपत्रमा उल्लेख छ।
_x000D_
_x000D_
कामदारले पासपोर्ट आफै राख्न पाउने र करारअवधि दुई वर्षको हुने पनि उल्लेख गरिएको छ। अवधि सकिएर स्वदेश फर्कंदा कम्पनीले नै हवाई टिकट उपलब्ध गराउनुपर्नेछ। विगतमा लाग्दै आएको लेबी अब नलाग्ने भएको छ।
_x000D_
_x000D_
समझदारी कार्यान्वयनमा ल्याउन संयुक्त कार्यदल पनि गठन गरिएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।