काठमाडाैं– पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
_x000D_
_x000D_
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका नेता नेपालले प्रधानमन्त्री ओलीसँग स्वास्थ्य अवस्थाबारे केहीबेर कुराकानीसमेत गरे।
_x000D_
_x000D_
नेता नेपालसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले अस्पताल जानु पर्दैन होला भन्ने लागे पनि डाक्टरले नमानेपछि अस्पताल भर्ना भएको बताए।
_x000D_
_x000D_
‘अस्पताल जानु पर्दैन होला भनेको डाक्टरले मान्नु भएन। ठिक हुँदैछ, अलिकति श्वासप्रश्वासको समस्या मात्रै हो। डाक्टरहरुले रेस्ट यहीं अस्पतालमा हुन्छ, घरमा हुँदैन भन्नुभयो,’ प्रधानमन्त्रीसँगको कुराकानीपछि नेता नेपालले भने, ‘म धेरै कुरा गर्दिनँ, नर्सको सेड्यूल छ भनेपछि प्रधानमन्त्री ओलीले हाँस्दै भन्नुभयो, नर्सहरुको ड्यूटी नै हो कडा गरिहाल्छन्।’
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीले नेता नेपालसँग चियापान कार्यक्रममा आउँ कि भन्ने लागे पनि डाक्टरको सल्लाह अनुसार चियापान कार्यक्रममा सहभागी नभएको बताए। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था क्रिटिकल नरहेको नेता नेपालले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।