काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक गडबडी आएपछि बिहान सबेरै अस्पताल पुर्याइयो। शनिबारदेखि रुघाखोकीले ग्रस्त ओलीको स्वास्थ्यमा थप समस्या देखिएपछि बिहान ४:३० बजे महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको थियो।
_x000D_
_x000D_
उनको अवस्था बुझ्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु अस्पताल पुगेका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
उनको स्वास्थ्यबारे जानकारी लिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु बिहानै अस्पताल पुगेका थिए। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, लालबाबु पण्डित, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापाले पनि अस्पताल पुगेर जानकारी लिएका छन्।
_x000D_
_x000D_
भरखरै नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल पनि पुगेका छन्।
_x000D_
_x000D_
शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा समेत स्वास्थ्य समस्याकै कारण प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्।
_x000D_
_x000D_
प्रधानमन्त्रीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित रहेको उपचाररत चिकित्सकहरुले बताएका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।