काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न भन्दै भेटघाटको क्रम बढेपछि अस्पतालले त्यसमा रोक लगाएको छ।
_x000D_
_x000D_
अव्यवस्थित भिडभाड बढेको र संक्रमण थप बढ्न सक्ने भन्दै अस्पतालले नेताहरुलाई समेत भेट गर्न रोक लगाएको हो। ओलीको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ।
_x000D_
_x000D_
उनी अस्वस्थ भई बिहानै अस्पताल लगिएको खबर पाएपछि नेता तथा कार्यकर्ता र अन्य शुभेच्छुकहरु अस्पताल पुगेका थिए।
_x000D_
_x000D_
'नेताहरुलाई पनि भित्र जान दिएको छैन,' नेकपाका केन्द्रीय सदस्य राजन भट्टराईले बताए।
_x000D_
_x000D_
शनिबारदेखि रुघाखोकीले ग्रस्त ओलीको स्वास्थ्यमा थप समस्या देखिएपछि बिहान ४:३० बजे अस्पताल लगिएको थियो। उनको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित उपचाररत चिकित्सकहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।