काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ।
_x000D_
_x000D_
केहीबेरअघि विज्ञप्ति जारी गर्दै अस्पतालका कार्यकारी निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका हुन्। बिहान ४:३० बजे प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको थियो।
_x000D_
_x000D_
उनको स्वास्थ्य अवस्था बुझ्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु अस्पताल पुगेका छन्। शनिबारदेखि रुघाखोकीले ग्रस्त ओलीको स्वास्थ्यमा थप समस्या आएकाले बिहानै महाराजगन्जस्थित उक्त अस्पताल पुर्याइएको थियो।
_x000D_
_x000D_
उनको स्वास्थ्यबारे जानकारी लिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु बिहानै अस्पताल पुगेका छन्। नेकपा महासचिव विष्णु पौडेल, वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा पनि अस्पताल पुगेका छन्।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।