काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि कतारको औपचारिक भ्रमण गर्दैछिन्। कतारका अमिर (राष्ट्राध्यक्ष) शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्। उनको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
_x000D_
_x000D_
कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ। त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रिभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
_x000D_
_x000D_
भ्रमण अवसरमा नेपाल र कतारबीच द्विपक्षीय सहयोग सम्बन्ध सुदृढ गर्ने काम हुनेछ। कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य, सुरक्षा सहयोग, प्रेस तथा सूचना र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा पनि हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
_x000D_
_x000D_
भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका सहसंस्थापक तथा अध्यक्ष शेख मोजा बिन नासेरले शिष्टाचार भेट गर्नेछन्। राष्ट्रपति भण्डारीले व्यापारिक समुदायसँग संयुक्त अन्तरक्रियात्मक बैठकमा ‘व्यापार तथा नेपालमा लगानीको अवसर’का विषयमा सम्बोधन गर्ने कार्यक्रम छ।
_x000D_
_x000D_
त्यहाँस्थित नेपाली दूतावासमा पुगी नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ। त्यस दिन नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्।
_x000D_
_x000D_
भ्रमणमा राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुनेछन्।
_x000D_
_x000D_
राष्ट्रपति भण्डारी कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।