विराटनगर- सनम शाक्य हत्या र ३८ क्विन्टल सुन तस्करी मुद्दाका अभियुक्त बेनु श्रेष्ठलाई मोरंग जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। आइतबार जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका- ६ का ३२ वर्षीय श्रेष्ठलाई पुर्पक्षका लागि थुना राख्ने आदेश दिएको हो।
_x000D_
_x000D_
'थुनछेक बसहपछि पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको हो' श्रेस्तेदार ईश्वरमणि ओझाले बताए।
_x000D_
_x000D_
कतारमा बसेर सुन तस्करी गर्ने मुख्य अभियुक्त्त गोरे भनिने चुडामणि उप्रेतीलाई सहयोग गरेको आरोपमा नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरी श्रेष्ठलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।