काठमाडौं– सरकारले राष्ट्रपति विद्या भण्डारीको कतार भ्रमण स्वीकृत गरेको छ।
_x000D_
_x000D_
आइतबार बसेको मन्त्रीपरिषद् बैठकले सोमबारदेखि हुने राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना प्रविधि मन्त्री गाेकुल बास्काेटाले जानकारी दिए। राष्ट्रपतिको कतार भ्रमण चार दिनको हुने छ।
_x000D_
_x000D_
मन्त्री बाँस्काेटाले दिएको जानकारीअनुसार गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई सरकारले पदबाट हटाएको छ। पछिल्लो समय सरकार र महाप्रबन्धकबीच विवाद चर्किंदै गएको थियो।
_x000D_
_x000D_
सर्वोच्च अदालतमा मुद्दा चलिरहेका विषयमा सरकारले स्पष्टीकरण सोधेपछि उपाध्यायले अदालतको अवहेलना भएको भन्दै मुद्दा दर्ता गरेका थिए।
_x000D_
_x000D_
साथै, सरकारले मलेसियासँग श्रम सम्झौता गर्ने निर्णय पनि गरेको छ। बैठकले श्रम सम्झौताको एमओयु स्वीकृत गरेको छ। सम्झौता भएपछि हाल प्रतिबन्धित मलेसियामा नेपाली कामदार जान पाउने छन्।
_x000D_
_x000D_
भिडियो हेर्नुहोस्
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।