काठमाडाैं– अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा ज्यान गुमाएका परिवारका आफन्तले यही मंसिर २९ अर्थात डिसेम्बर १५ पछि पाउने क्षतिपूर्ति रकम पौने दुई करोडभन्दा बढी हुने भएको छ।
_x000D_
_x000D_
गत भदौ ७ गते बसेको प्रतिनिधिसभाले अनुमोदन गरेको मन्ट्रियल महासन्धि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)मा रजिस्ट्रेसन(सम्मिलित) भएसँगै अहिले पाउँदै आएको रकम २० हजार अमेरिकी डलरबाट बढेर १ लाख १३ हजार १ सय एसडीआर पुग्ने निश्चित भएको हो।
_x000D_
_x000D_
अब मंसिर २९ गतेपछि नेपालमा दर्ता भई अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनी विमान दुर्घटनामा परी ज्यान गुमाएका परिवार सदस्यले मन्ट्रियल महासन्धि अनुसार एक लाख ५७ हजार २ सय ९ अमेरिकी डलर अर्थात १ करोड ८४ लाख ३१ हजार रुपैयाँ (आजको लागि राष्ट्र बैंकले तोकेको रेटअनुसार) भन्दा बढी हुने मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए।
_x000D_
_x000D_
संसदबाट अनुमोदन भएको मन्ट्रियल महासन्धि आइकाओमा रजिस्ट्रेसन(सम्मिलित) का लागि गत असोज २७ गते शनिबार क्यानडा गएका थिए। क्यानडामा पुगी असोज २९ गते संसदबा अनुमोदन भएको महासन्धि आइकाओमा रजिस्ट्रेसन(सम्मिलित) का लागि निवदेन दिएको उनले जानकारी दिए।
_x000D_
_x000D_
सोही अनुरुप आइकाओको नियमअनुसार ६० दिनपछि अर्थात मंसिर २९ गतेपछि नेपालमा दर्ता भई अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्स कम्पनीको विमान दुर्घटनामा परी ज्यान गुमाएका परिवारले यो क्षतिपूर्ति रकम पाउने उनको भनाइ छ । तर, अहिलेसम्म नेपाल वार्सा महासन्धि सदस्य राष्ट्रको हैसियतामा २० हजार डलर मात्रै क्षतिपूर्ति मात्रै पाउँदै आएका थिए।
_x000D_
_x000D_
क्षतिपूर्ति रकम बढ्दा नेपाललाई कुनै आर्थिक भार भने थपिने छैन। तर, अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीले भने महासन्धिअनुसार बीमा प्रिमियम रकम तिर्नपर्छ। हवाई दुर्घटनामा परी ज्यान गुमाउने परिवारले पाउने रकममा कमी भएको भन्दै सन् १९९९ मा आइकाओकै अग्रसरतामा मन्ट्रियल महासन्धि जारी भएको थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_
सन्धि जारी भएको २० वर्षपछि नेपाल सदस्य बन्ने प्रक्रिया अन्तिम चरणमा पुगको हो। महासन्धि सदस्य राष्ट्र भएलगत्तै नेपालमा उडान गर्ने पर्यटक तथा यात्रीको मनोबल उच्च हुने, हवाई वाहकको दायित्व बढ्दै अझै सुनिश्चित हुने र यात्रीले पनि उचित क्षतिपूर्ति पाउने लामिछाने बताउँछन्।
_x000D_
_x000D_
महासन्धिमा एक सय ३१ राष्ट्र सदस्य राष्ट्र भइसकेका छन्। सन्धि सदस्य राष्ट्रय भएसँगै विमान दुर्घटनमा एयरलाइन्स कम्पनीको कमजोरी रहेको अवस्थामा पनि यात्रुका परिवारले असीमित दायित्व बीमा दाबी समेत गर्न पाउने छन्। पीडित परिवारले जहाज दुर्घटनामा एयरलाइन्स कम्पनीको कमजोरी रहेको भनी प्रमाणित गर्नुपर्ने वार्सा सन्धिको व्यवस्था मन्ट्रियल सन्धिले खारेज गरेको छ।
_x000D_
_x000D_
महासन्धिमा विमान दुर्घटनाका पीडितले लस्ट अफ सर्भिस, लस्ट अफ सपोर्ट, लस्ट अफ सोसाइटी र दाहसंस्कारका लागि पनि बीमा रकम दाबी गर्न सक्छन्। पीडित परिवारले लस्ट अफ फ्युचर सपोर्ट, सर्भिस, सोसाइटीका आधारमा पनि असीमित दायित्वअन्तर्गत बीमा दाबी गर्न सक्ने प्रावाधन छ।
_x000D_
_x000D_
ज्यान गुमाउनेका बाबुआमा तथा बालबच्चाले मातृत्व र पितृत्व, सपोर्ट, सोसाइटीलगायत विषयमा पनि बीमा दाबी गर्न सक्छन्। पीडित परिवारले जहाज दुर्घटना भएको दुई वर्ष बीमा दाबीका लागि मुद्दा दायर गर्नुपर्छ ।
_x000D_
_x000D_
मन्ट्रियल सन्धि लागू भएपछि पीडित परिवारले असीमित दायित्व बीमा दाबीका लागि जहाज उडेको देश, गन्तव्य देश, बिजनेस भएको देश, जहाज रजिस्ट्रेसन भएको देश र यात्रु बसेको देशको आधारमा मुद्दा लड्न सक्छन्। वार्सा सन्धिमा यस्तो व्यवस्था थिएन।
_x000D_
_x000D_
साथै मन्ट्रियल सन्धिमा कार्गो सामान क्षतिमा प्रतिकेजी १९ एसडीआर र लगेजको एक हजार एक सय ३१ एसडीआर क्षतिपूर्ति पाउने व्यवस्था गरेको उपसचिव नेपाल बताउँछन्। सन्धिमा विलम्ब क्षतिपूर्ति चार हजार ६ सय ९४ एसडीआर तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।