काठमाडौं- चालू आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलो दुई महिना (साउन र भदौ)मा नै सवा ८ सय कर्मचारी विदेश भ्रमणमा पुगेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका अनुसार २२ वटा मन्त्रालयका उक्त संख्याका कर्मचारी विदेश गएका हुन्।
_x000D_
_x000D_
सो अवधिमा रक्षा मन्त्रालयका कर्मचारी सबैभन्दा बढी विदेश भ्रमणमा गएका छन् भने सबैभन्दा कम भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका कर्मचारी रहेका छन्। रक्षा मन्त्रालयका २ सय ९ कर्मचारीले विदेश भ्रमण गरेका हुन् भमि व्यवस्था मन्त्रालयका १ जना कर्मचारीले विदेश भ्रमणमा गएका छन्।
_x000D_
_x000D_
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबै निकायहरूसँग विदेश भ्रमण गएका कर्मचारीको विवरण माग गरेको थियो। कार्यालयले केही समयअघि पत्र नै पठाएर वैदेशिक भ्रमणमा जाने कर्मचारीको विवरण पेस गर्न निर्देशन दिएको थियो।
_x000D_
_x000D_
जथाभावी वैदेशिक भ्रमणमा जाने प्रवृत्तिले अभिलेख समेत नरहने र राज्यको बजेट खर्च हुने भएकाले व्यवस्थित गर्नु अत्यावश्यक रहेकाले विदेश भ्रमणमा जाने कर्मचारीको विवरण माग गरिएको कार्यालयले जानकारी दिएको छ।
_x000D_
_x000D_
वैदेशिक भ्रमण व्यवस्थित गर्न गत बैशाखमा सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका जारी गरेको थियो।
_x000D_
_x000D_
कुन मन्त्रालयका कति कर्मचारी विदेश भ्रमणमा गए?
_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।