काठमाडाैं– नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्डले चितवनलाई आफ्नो जिल्ला भएकै कारण सबै मन्त्रालयले विशेष महत्व दिएको दाबी गरेका छन्।
_x000D_
_x000D_
भरतपुर महानगरपालिकामा सञ्चालित आयोजनाको घोषणा कार्यक्रममा भरतपुरमा बोल्दै प्रचण्डले सिटी हल र अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने घोषणा गरे।
_x000D_
_x000D_
सिटी हल र अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि प्रधानमन्त्रीसँग शनिबार कुरा भएको बताउँदै उनले भने ‘सिटी हल र क्रिकेट मैदान आयोजनाको घोषणा गर्दछु।’
_x000D_
_x000D_
हुलाकी मार्ग चितवन खण्ड सबैभन्दा पहिले बन्ने उनले बताए। प्रचण्डले चिनियाँ र केही भारतीय कम्पनीहरुसँग मोटर पार्टस् उत्पादन गर्ने परियोजना चितवनमा निर्माण गर्ने विषयमा कुरा भएको जानकारी गराए। उक्त परियोजनाको लागि १५ देखि २० विघा जग्गा छुट्याउने कार्य अघि बढिसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।